लामो समयदेखि फोटोग्राफी गर्दै आएका उनले खिचेको तस्बिर ब्राजिलमा प्रदर्शनी गरिएको हो।
पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्बिर ब्राजिलको साओ पाउलो सहरको प्रदर्शनीमा राखिएको छ।
साओ पाउलो सहरमा आयोजित ‘दी बीईएटी एक्जिबेसन’ नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको हो।
प्रदर्शनीमा राखिएको तस्बिर नवलपरासीका राज अधिकारीले खिचेका हुन। उनी फोटोग्राफीमा रुचि राख्छन्।
लामो समयदेखि फोटोग्राफी गर्दै आएका उनले खिचेको तस्बिर ब्राजिलमा प्रदर्शनी गरिएको हो।
कार्यक्रम यहि अक्टोबर महिनाको ९ देखि १९ तारिकसम्म चलेको थियो।
फोटोपत्रकारिता समेत गरिरहेका अधिकारी समाजशास्त्रका विद्यार्थी समेत हुन।
ब्राजिलमा राखिएको तस्बिर अधिकारीले जुम्लाको पातरासीमा खिचेका हुन।
उनले ग्रामीण परिवेशको अध्ययन अनुसन्धानका क्रममा खिचेको उक्त तस्बिरलाई विदेशी दर्शकहरुले अत्यन्तै रूचाएका छन्।
अधिकारी भन्छन्, ‘नेपाली संस्कृति, भेषभुषा र चालचलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके नेपाली पर्यटन क्षेत्रमा टेवा पुग्नेछ।’
यसअघि इटलीमा आयोजित फोटो प्रदर्शनीमा समेत अधिकारीले खिचेको ग्रामीण महिलाको तस्बिर प्रदर्शनमा राखिएको थियो।