सोमबार, ८ पुष, २०८१

कुलेखानीमा जोखिम: ४ घन्टामा २ मिटर पानी बढ्यो

कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ। क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ।

कुलेखानी जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ। साँझ ५ः ३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो।

राती ९ः २० को समयमा कुलेखानीमा जल सतह १ हजार ५२७.९५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए।

उनका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ। कुलेखानी जलाशय भरिन अब २ मिटर मात्र बाँकी रहेको उनले बताए।

कुलेखानीमा १ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको छ। सो क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ।

आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको अनि घटाउन विधुत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ।

जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना संचालन गरिएको छ भने जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए।

सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उनको भनाई छ। सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार