बुधबार, २१ आश्विन, २०८३

स्वर्गीय श्रीमानको सम्झनामा विष्णुमायाले गरिन् ५८ ज्येष्ठ नागरिकको सम्मान

चन्दननाथ नगरपालिका–७ निवासी विष्णुमाया महतले आफ्ना स्वर्गीय पति श्यामलाल महतको आठौं पुण्यतिथिको अवसरमा ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकी छन्।

श्यामलाल जीवित छँदा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्य नागरिकप्रति सधैं माया र सम्मान गर्ने गरेको स्मरण गर्दै विष्णुमायाले उहाँकै सम्झनामा ज्येष्ठ नागरिक कार्यालयमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताइन्।

‘उहाँ जीवित हुँदा ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकलगायत सबैलाई माया र सम्मान गर्नुहुन्थ्यो,’ विष्णुमायाले भनिन्, ‘उहाँ आज यो संसारमा हुनुहुन्न।

त्यसैले उहाँको सम्झनामा ज्येष्ठ नागरिक कार्यालयमै आएर उहाँहरूलाई सम्मान गरेकी हुँ।’आफ्ना स्वर्गीय पतिको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि र मनमा शान्ति मिलेको उनले बताइन्।

पतिको पुण्यतिथिमा गरिने परम्परागत कर्मकाण्डसँगै सामाजिक सेवामार्फत उहाँको सम्झना गर्ने उद्देश्यले ज्येष्ठ नागरिकलाई सम्मान गरेको विष्णुमायाको भनाइ छ।

ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव व्यक्त गर्दै गरिएको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देशसमेत दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार