मंगलवार, ३० भाद्र, २०८३

जुम्लाको ‘भिजिट जुम्ला होटल एन्ड रेस्टुरेन्ट’ अब बीच बजारमा

पुरानो बसपार्कमा सञ्चालन हुँदै आएको ‘भिजिट जुम्ला होटल एन्ड रेस्टुरेन्ट’ चन्दननाथ नगरपालिका–५ स्थित चन्दननाथ मन्दिरको प्रवेशद्वार अगाडि सरेर सञ्चालनमा आएको छ।

स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गरी होटलमा विभिन्न खाना तथा नास्ताका परिकार सुपथ मूल्यमा उपलब्ध गराइने सञ्चालक सुवर्णध्वज शाहीले बताए। उनका अनुसार ग्राहकको रुचिअनुसारका परिकारसँगै नियमित नास्ताको समेत व्यवस्था गरिएको छ।

चन्दननाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु तथा बजारमा आउने सर्वसाधारणलाई सहज हुने गरी होटल नयाँ स्थानमा सञ्चालनमा ल्याइएको शाहीले बताए। उनले स्वच्छ, स्वादिष्ट र सुपथ मूल्यमा खाना तथा नास्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार