शनिबार, ९ श्रावण, २०८३

मुगुको पुलु बजारमा पहिरोको कहर : ३ वर्षीय बालकको मृत्यु, आठ घर जोखिममा

मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण बजारका थप आठ वटा घर उच्च जोखिममा परेका छन्।

प्रहरीका अनुसार बिहान करिब ४ बजे बजारमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको थियो। सोही घरमा भाडामा बस्दै होटल सञ्चालन गरिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया पत्नी सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल पहिरोमा परेका थिए।

घटनापछि प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक (सई) वीरबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र स्थानीय बासिन्दाले तत्काल उद्धार अभियान सञ्चालन गरेका थिए। उद्धार गरिएका बालक रमेशलाई बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार