शुक्रबार, २६ भाद्र, २०८३

जुम्लाको महले पायो सरकारी मूल्य, मौरीपालक किसानमा नयाँ आशा

वर्षौंदेखि उचित मूल्यको अभाव झेल्दै आएका जुम्लाका मौरीपालक किसानका लागि यस वर्ष राहतको खबर आएको छ। जिल्ला दररेट निर्धारण समितिले पहिलोपटक मह र मौरीघारको आधिकारिक मूल्य निर्धारण गरेपछि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने आधार तयार भएको हो। समितिले महको मूल्य प्रतिकेजी रु. २ हजार ५ सय तोकेको छ, जुन गत आर्थिक वर्षको तुलनामा रु. […]

जुम्ला बजार सफा बनाउन प्रशासनको कडा अभियान, कार्ययोजनासहित सरसफाइ सुरु

जुम्ला बजारलाई स्वच्छ, सफा र स्वस्थ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्ययोजनासहित सरसफाइ अभियान सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा शनिबारदेखि अभियान औपचारिक रूपमा सुरु गरिएको हो। अभियानमा जिल्ला प्रशासन कार्यालय, जुगाडखोला सरसफाइ अभियान्ता, स्थानीय तह, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, विद्यालय तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। अभियानको सुरुवातमै […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तरसंकायस्तरीय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता आज शनिबारदेखी सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले गरेका हुन्। खेलकुदको माध्यमबाट अनुशासन, एकता, नेतृत्व क्षमता, सहकार्य तथा मित्रताको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक विजय रावलले जानकारी दिए। उनका अनुसार यस वर्षको प्रतियोगितामा प्रतिष्ठानका विभिन्न संकायका विद्यार्थी, शिक्षक […]

कर्णालीको माटोमा उम्रिएको त्यो सपना, जसले १८ डाक्टर जन्मायो

असम्भवजस्तै देखिएको एमबीबीएस यात्रादेखि पहिलो ब्याचको ऐतिहासिक सफलतासम्म : अनेक नेतृत्व, सयौँ हात र एउटै सपनाको कथा जुम्ला । कहिलेकाहीँ इतिहास कुनै ठूलो समारोहबाट सुरु हुँदैन। त्यो एउटा सानो सपनाबाट सुरु हुन्छ। कुनै दिन, कुनै कोठामा बसेर कसैले भन्छ, ‘कर्णालीमा पनि चिकित्सक उत्पादन गर्न सकिन्छ।’ सुन्नेहरूलाई त्यो सपना असम्भवजस्तै लाग्न सक्छ। किनकि कर्णालीमा चिकित्सा शिक्षा […]

मुगुको पुलु बजारमा पहिरोको कहर : ३ वर्षीय बालकको मृत्यु, आठ घर जोखिममा

मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण बजारका थप आठ वटा घर उच्च जोखिममा परेका छन्। प्रहरीका अनुसार बिहान करिब ४ बजे बजारमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको थियो। सोही घरमा भाडामा […]

ताजा समाचार