आईतवार, १० श्रावण, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तरसंकायस्तरीय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता आज शनिबारदेखी सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले गरेका हुन्।

खेलकुदको माध्यमबाट अनुशासन, एकता, नेतृत्व क्षमता, सहकार्य तथा मित्रताको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक विजय रावलले जानकारी दिए।

उनका अनुसार यस वर्षको प्रतियोगितामा प्रतिष्ठानका विभिन्न संकायका विद्यार्थी, शिक्षक तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको छ। प्रतियोगिताले प्रतिष्ठानभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै सहभागीबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

गत वर्ष जनस्वास्थ्य संकायका विद्यार्थीहरूको आयोजनामा सम्पन्न पहिलो संस्करणमा जनस्वास्थ्य स्नातक (बीपीएच) टोली च्याम्पियन बनेको थियो। पहिलो संस्करणको सफलतालाई निरन्तरता दिँदै यस वर्ष दोस्रो संस्करण अझ व्यवस्थित र भव्य रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ।

जनस्वास्थ्य महाविद्यालयका उपप्राध्यापक ओम प्रकाश काफ्लेले प्रतियोगिताले विद्यार्थी, शिक्षक र कर्मचारीबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, सहकार्य, सद्भाव तथा खेलभावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

आयोजक समितिले प्रतिष्ठानका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अस्पतालका कर्मचारीलाई खेलभावना, अनुशासन र मित्रताको सन्देश फैलाउँदै उत्साहपूर्वक प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार