आईतवार, २८ असार, २०८३

दैलेखमा मदन भण्डारीको जन्मजयन्ती मनाउँदै युवा सङ्घको वृक्षारोपण कार्यक्रम

नेकपा एमाले निटक राष्ट्रिय युवा सङ्घ नेपालले सञ्चालन गरेको एकमहिने राष्ट्रिय वृक्षारोपण अभियानअन्तर्गत स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा दैलेखको नारायण नगरपालिका–७ किमु गाउँमा श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी दैलेखद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) दैलेख जिल्ला कमिटी अध्यक्ष सूर्यबहादुर शाही, जिल्ला कमिटी सचिव हिमालय जंग शाह, राष्ट्रिय युवा सङ्घ नेपाल कर्णाली प्रदेश कमिटी इन्चार्ज पञ्चमी रेग्मी, कर्णाली प्रदेश सह–इन्चार्ज तथा दैलेख जिल्ला इन्चार्ज विजयविक्रम सिजापति, अनेरास्ववियु दैलेख जिल्ला कमिटी उपाध्यक्ष सुन्दर शाही, विभिन्न पालिका कमिटीका अध्यक्ष तथा ठूलो सङ्ख्यामा युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको राज्यले लागू गर्न खोजेको चर्को सवारी दण्डका कारण युवाहरू निराश बन्न पुगेको तथा राहदानी विभाग अगाडि आत्मदाह गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

श्रद्धाञ्जलीपछि गणेश नेपालीको स्मृतिमा विभिन्न प्रजातिका १५७ वटा बिरुवा रोपिएको थियो। सो अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल दैलेखका जिल्ला सचिव निरजकुमार माझीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको सम्झनामा रोपिएको प्रत्येक बिरुवाले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा गरिब र निमुखा युवामाथि अन्याय नगर्न राज्यलाई सन्देश दिने बताए।

उनले वृक्षारोपण वातावरण संरक्षणको अभियान मात्र नभई सामाजिक न्याय, नागरिक अधिकार र जिम्मेवार राज्यको पक्षमा युवाहरूको शान्तिपूर्ण प्रतिबद्धताको प्रतीकसमेत भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व, युवाको सशक्त भूमिका तथा नागरिकका मौलिक अधिकारको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार