मंगलवार, २३ असार, २०८३

कनकासुन्दरीको हाटसिंजा स्वास्थ्य चौकी ‘पोषण मैत्री स्वास्थ्य संस्था’ घोषित

जुम्लाको कनका सुन्दरी गाउँपालिकामा रहेको हाटसिंजा स्वास्थ्य चौकीलाई एक भव्य कार्यक्रमका बीच ‘पोषण मैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ। सरकारले तोकेका आवश्यक सूचक र मापदण्डहरू पूरा गरेपछि उक्त स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गरिएको हो।

​बहुक्षेत्रीय पोषण कार्यालयका पालिका संयोजक विरेन्द्र प्रसाद उपाध्यायका अनुसार स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गर्नका लागि १६ वटा सूचक र १० वटा मापदण्ड पूरा गरिएको छ। संयोजक उपाध्यायले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको बजेटबाट स्वास्थ्य चौकी क्षेत्रमा विभिन्न प्रभावकारी पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेको र सोही अभियानको सफल परिणामस्वरुप यो घोषणा सम्भव भएको जानकारी दिए।

​कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सो घोषणा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले स्वास्थ्य र पोषणको क्षेत्रमा हाटसिंजा स्वास्थ्य चौकीले गरेको प्रगति प्रशंसनीय रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

​स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष सूर्यमणी हमालले समेत आफ्नो मन्तव्य राख्दै वडालाई नै पूर्ण पोषणयुक्त बनाउन आगामी दिनमा थप सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्ने बताएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार