शुक्रबार, १९ असार, २०८३

घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गर्दै चन्दननाथ–१० का वडा अध्यक्ष नवराज शाही

चन्दननाथ नगरपालिका–१० का वडा अध्यक्ष नवराज शाही नेतृत्वको टोली यतिबेला घरदैलोमै पुगेर पौष्टिक आहार (हर्लिक्स) वितरण अभियानमा सक्रिय छ। वडा कार्यालयले आर्थिक वर्षको ‘जेष्ठ नागरिक लक्षित कार्यक्रम’ अन्तर्गत वडाभित्रका २६९ जना जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गरेको हो।

करिब १ लाख ५० हजार रुपैयाँ लागतको यस कार्यक्रमले जेष्ठ नागरिकहरूमा खुसी र आत्मीयताको अनुभूति गराएको चन्दननाथ नगरपालिकाका वडा अध्यक्ष नवराज शाहीले बताए।
उनका अनुसार असार १४ गते वडा कार्यालयमा औपचारिक रूपमा वितरण कार्यक्रम सञ्चालन गरिएको थियो।

‘तर उमेरका कारण हिँडडुल गर्न नसक्ने, बिरामी रहेका वा कार्यालयसम्म पुग्न असमर्थ भएका जेष्ठ नागरिकहरू छुटेपछि वडा कार्यालयले उनीहरूकै घरमा पुगेर सामग्री वितरण गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘हामीले जेष्ठ नागरिकलाई कार्यालयसम्म बोलाएर मात्र दायित्व पूरा भएको ठान्न मिल्दैन। जो आउन सक्नुहुन्न, उहाँहरूसम्म सेवा पुर्‍याउनु नै जनप्रतिनिधिको जिम्मेवारी हो।’

घरदैलो अभियानमा वडा सचिव नन्दप्रसाद देवकोटा र कर्मचारीहरू पनि सक्रिय रूपमा खटिएका छन्। टोलीले जेष्ठ नागरिकहरूको लगत सूचीका आधारमा नाम रुजु गर्दै सुरक्षित रूपमा हर्लिक्स हस्तान्तरण गरिरहेको छ। वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र वास्तविक हकदारसम्म केन्द्रित बनाइएको वडा सचिव देवकोटाले जानकारी दिए।

उनका अनुसार वडा कार्यालयको उद्देश्य सामग्री वितरण गर्नु मात्र नभई जेष्ठ नागरिकप्रति सम्मान, आत्मीयता र स्थानीय सरकारको उपस्थितिको अनुभूति गराउनु पनि हो। ‘घरदैलोमै पुगेर सेवा दिँदा उहाँहरू अत्यन्तै खुसी हुनुहुन्छ। यसले स्थानीय सरकारप्रतिको विश्वास पनि थप मजबुत बनाएको छ,’ उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार