बिहीबार, १८ असार, २०८३

जुम्लाको हिमामा चट्याङ पर्दा एक जनाको मृत्यु, दुई घाइते

जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार साँझ करिब ५:३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावत माथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चट्याङका कारण भेडा–बाख्रा पनि मरेको जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन।

स्थानीय रंगबहादुर रोकाया ले राति करिब ८:३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार