बिहीबार, ३१ बैशाख, २०८३

चेरेको भिरबाट लडेर जुम्लामा एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

आज मिति २०८३ साल वैशाख ३० गते साँझ करिब ५ बजे चन्दननाथ नगरपालिका–३ बुर्थवाडा निवासी ५६ वर्षीय गोपाल खत्री मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भिरस्थित गोरेटो बाटोबाट करिब २५/३० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा उनलाई उनका भाई दलजित खत्रीले फेला पारी राति करिब ९ः३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि ल्याइएको थियो। उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी सालिक राम खनालले जानकारी दिए ।

सूचना अधिकारी खनालका अनुसार उपचारकै क्रममा राति १०ः१० बजे गोपाल खत्रीको मृत्यु भएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ४/५ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार