बिहीबार, ३१ बैशाख, २०८३

जुम्लामा अटो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ स्थित जिल्ला ट्राफिक कार्यालय नजिक अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

दिउँसो करिब १ बजे भएको दुर्घटनामा क १ प ११६२ नम्बरको मोटरसाइकल र भे १ ह ८७८९ नम्बरको अटो ठोक्किएका हुन्। 

जिल्ला ट्राफिक कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीका अनुसार दुर्घटनामा अटोमा सवार तातोपानी गाउँपालिका वडा नं. ६ धौलापानीका माग्ले कामीको दाहिने खुट्टा भाँचिएको छ।

मोटरसाइकल चालक चन्दननाथ नगरपालिका वडा नं. १ तलिचौरका सन्तोष परियारको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ। 

उनी बोल्न सक्ने अवस्थामा रहेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका इन्चार्ज शाहीले जानकारी दिए।

उनका अनुसार दुर्घटना पछि  घाइते दुबैलाई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार