शुक्रबार, ११ बैशाख, २०८३

गृह मन्त्री सुदन गुरुङले दिए राजीनामा

गृह मन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय आफ्नो शेयरसँग सम्बन्धित विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वासभन्दा ठूलो शक्ति अरू केही नहुने स्पष्ट पार्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले नैतिक कदम चालेको बताएका छन्। उनले पछिल्ला दिनमा सक्रिय देखिएको ‘जेनजी आन्दोलन’ले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्।

उनले आफ्नो निर्णयको प्रमुख कारण निष्पक्ष छानबिन सुनिश्चित गर्नु र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने रहेको बताएका छन्।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भने।
गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै सञ्चारकर्मी, नागरिक र विशेषगरी युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न अपिल गरेका छन्।

साथै, उनले समाजमा पारदर्शिता कायम गर्न सबै पक्षले त्याग र नैतिक साहस देखाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार