सोमबार, १२ माघ, २०८२

फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षामा कर्णाली प्रतिशष्ठानको शतप्रतिशत नतिजा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कूल अफ फार्मेसीको बी.फार्मेसी कार्यक्रमका पहिलो ब्याचका सबै विद्यार्थीहरू नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षामा शतप्रतिशत पास भएका छन्।

समग्र देशको ४१ प्रतिशत नतिजा आएको बेला विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सामूहिक मेहनतको उत्कृष्ट नतिजा आएको भन्दै सबैतर्फबाट बधाई र शुभकामना व्यक्त गरिएको छ।

प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाले यस सफलतालाई ऐतिहासिक उपलब्धि भएको बताए। उनले भने, ‘स्कुल अफ फार्मेसी स्थापना गरी बीफार्मका विद्यार्थी, शिक्षक सबैको संघर्ष, समर्पण र अथक मेहनतको राम्रो प्रतिफल मिलेको छ।’

यसैगरी, प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले पनि यो सफलताप्रति खुसी व्यक्त गरे। उनले भने, ‘सम्पूर्ण सर–म्याडमहरू, उत्कृष्ट विद्यार्थीहरू तथा कर्मचारीहरूप्रति हार्दिक बधाई तथा धन्यवाद। यो परिणाम सबैको साझा प्रयासको फल हो।’

प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले बी.फार्मेसी कार्यक्रमको पहिलो ब्याच नै शतप्रतिशत सफल हुनु गर्वको विषय भएको बताए।

‘यो उपलब्धि विद्यार्थीहरूको कडा मेहनत, शिक्षकहरूको समर्पण र कर्मचारीहरूको सहकार्यको प्रतिफल हो,’ उनले भने।

स्कूल अफ फार्मेसीका सहायक डीन प्रा.डा. विजय अर्यालले यो सफलता कर्णाली क्षेत्रकै लागि प्रेरणादायी भएको बताए।

उनले भने, ‘सीमित स्रोत र चुनौतीका बीच पनि विद्यार्थीहरूले देखाएको अनुशासन र लगनशीलता प्रशंसनीय छ। यो नतिजाले कर्णालीमा गुणस्तरीय फार्मेसी शिक्षा सम्भव छ भन्ने प्रमाणित गरेको छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार