सोमबार, १२ माघ, २०८२

महेन्द्रनगरमा ‘अतलको यात्रा’ अन्तर्गत चौथो साहित्यिक कार्यक्रम सम्पन्न

महेन्द्रनगरमा ‘अतलको यात्रा’ अन्तर्गत चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कुटीरो डट कमको प्रस्तुतीमा आयोजित कार्यक्रममा साहित्यकार महेन्द्र अतलका साहित्यिक रचना वाचन भइरहेका छन्।

महेन्द्रनगरका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कविता वाचन, गजल वाचन साहित्यिक अनुभव आदान प्रदान तथा समसामयिक साहित्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमबारे साहित्यकार उषा जोशीले यो कार्यक्रम केवल साहित्यिक कार्यक्रम मात्र नभई आजका युवाहरूको कलमको आवाज भएको बताइन्।

उनले भनिन्, ‘यस्ता कार्यक्रमले साहित्यलाई समाजसँग जोड्ने काम गर्छ। कलममार्फत मान्छेलाई मान्छे बनाउने अभियान यही हो।’

कार्यक्रममा साहित्यकार महेन्द्र अतलले आफ्नो साहित्यिक यात्राका अनुभव सुनाउँदै लेखन समाज परिवर्तनको सशक्त माध्यम भएको बताए।

उनले भने, ‘साहित्य केवल शब्दहरूको खेल होइन, यो समाजको पीडा, आशा र यथार्थ बोल्ने माध्यम हो। युवाहरूले सत्य र संवेदनालाई केन्द्रमा राखेर लेख्नुपर्छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार