राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले जुम्लामा उम्मेदवारी दर्ता गरेकी छन्।
कठायतले जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारको मनोनयन दर्ता गरेकी हुन्।
उनले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
कठायतले ‘समग्र कर्णालीको भूगोल बुझेको मान्छे सदनमा आउनुपर्छ र आफ्नो आवाज लिएर कानून सहित त्यसलाई कार्यान्वयन गर्न सक्ने ब्याक्ति आउनुपर्छ’ ,उनले भनिन्।














