जुम्लाका ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने पक्का भएको छ। उनले सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता राखेका थिए।
उनी प्रतिनिधि सभा सदस्यको लागि राप्रपाबाट प्रत्यक्ष तर्फबाट चुनाव लड्ने भएका हुन।
कुटीरो डटकमसँग कुरा गर्दै शाहीका स्वकीय सचीव गोकर्ण कठायतले लामो प्रयास पछि शाही गृह जिल्लामै चुनाव लड्ने पक्का भएको बताए।
‘अब बाँकी नतिजा जुम्ली जनताको हातमा मात्र रहेको’,उनले भने।














