काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजिनामा दिएका छन्।
उनले आज नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम मेयर पदबाट राजिनामा दिएका हुन्।
उनले राजिनामा पत्रमा लेखेका छन् ‘म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु’ , उनले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका छन्।
साथै उनले यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको र अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्दै काठमाडौ महानगरपालिकाकी उपमेयर सुनिता ढङ्गोललाई राजिनामा पत्र बुझाएका छन्।














