सोमबार, १२ माघ, २०८२

मुगुको ‘दूध दह’ मा छायांकन गरिएको गणेश जिडीको म्युजिक भिडियो सार्वजनिक

चर्चित युट्युबर गणेश जिडीले लघुचलचित्रको शैलीमा तयार पारिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चर्चित गायक सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यस गीतमा कर्णालीको यथार्थवादी जनजीवन र एउटा परिवारको तीन पुस्ताको कथालाई प्रस्तुत गरिएको छ।


यस भिडियोको सबैभन्दा बलियो पक्ष यसको लोकेसन हो। निर्देशक जिडीले मुगुको विकट तर स्वर्गजस्तै सुन्दर ‘दूध दह’ (सात ताल) क्षेत्रलाई छायांकनको थलो बनाएका छन्। निर्देशक गणेशका अनुसार यो क्षेत्रमा पुगेर म्युजिक भिडियो छायांकन गरिएको यो पहिलोपटक हो।

उनी भन्छन्, “हामीले एउटा गीत मात्र बनाएनौँ, यसको माध्यमबाट कर्णालीको लुकेको पर्यटकीय गन्तव्यलाई पनि विश्वमाझ पुर्‍याउने कोसिस गरेका छौँ ।”

भिडियोमा निर्देशक गणेश जिडी स्वयं मुख्य भूमिकामा देखिएका छन्। उनलाई बाल कलाकार अर्जुन बुद्ध र बाबुको भूमिकामा धनसिंह बुद्धले अभिनयमा साथ दिएका छन्। तीन पुस्ताको संघर्ष र भावनात्मक सम्बन्धलाई भिडियोमा निकै मार्मिक ढंगले उतारिएको छ।

गीतमा सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको छ भने गणेश देवकोटाले शब्द र र्‍यापमार्फत साथ दिएका छन्। एन्क्समस म्युजिकको संगीत संयोजन रहेको गीतमा सञ्जीव बराइलीको गितार, हेमन्त कान्छा रसाइलीको सारंगी, रत्न बी.के.को बाँसुरी र पोषण घर्ती मगरको मादलको धुनले नेपालीपनको आभास दिन्छ। अडियो मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

भिडियोको छायांकन उब्जन युकेले गरेका हुन् भने सम्पादन गणेश जीडीले नै गरेका छन्। सहायक निर्देशनको जिम्मेवारी साइलेश हमालले सम्हालेका छन्। निर्माण पक्षमा इभान ठाकुरी रहेका छन्। हवाई दृश्यहरू गणेश जीडी स्वयंले खिचेका हुन्। रङ संयोजन नितेश घाटनले गरेका छन्। पोस्टर तथा थम्बनेल अर्जुन आरएमटीएलले तयार गरेका हुन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार