सोमबार, १२ माघ, २०८२

सिंजाका मौलिक पर्वहरू राष्ट्रिय पात्रोमा समावेश हुने सहमति

कर्णाली प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र जुम्लाको सिंजा क्षेत्रका मौलिक चाडपर्वहरूलाई आधिकारिकता प्रदान गरी राष्ट्रिय पात्रो (पञ्चाङ्ग) मा समावेश गर्ने सहमति भएको छ।

​नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको केन्द्रीय कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा भएको छलफलमा सिंजा क्षेत्रका विविध सांस्कृतिक परम्पराहरूलाई राष्ट्रिय मान्यता दिने महत्वपूर्ण सहमति भएको हो।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाँउपालिकाले विगत ४ वर्ष देखि गरेका अभ्यासहरुबारे अवगत गराएर,खस दिवस, तागा दिवस ,साउन पूनि ,भैलाे ,काेईरा दिवस, बारुवाँ, र काफल दिवस लगायतका पर्वहरु आगामी नयाँ पात्राेमा समावेश गरिने सहमति भएको बताए।

सिंजा क्षेत्रमा प्रचलित खस दिवस र तागा दिवस, ​साउन पूनि र भैलो, ​कोइरा दिवस र काफल दिवस, ​बारुवाँ लगायतका स्थानीय मौलिक पर्वहरूलाई नयाँ पात्रोमा समेट्ने सहमति भएको हो।

पञ्चाङ्ग ​समितिका अध्यक्ष लक्ष्मण पन्थीले ‘खस सभ्यता र कर्णालीको मौलिकता जोगाउन समिति सकारात्मक रहेको र आगामी वर्षको पात्रोमा यी विषयहरूलाई उचित स्थान दिइने’,उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार