सोमबार, १२ माघ, २०८२

कुलमान, रवि र बालेन सँगै हुने

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नै राजनीतिक यात्रा अघि बढाउन सहमत भएका छन्।

कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको घरमा भइरहेको छलफलमा सहमति जुटेको रास्वपाका एक नेताले बताए।

‘सहमतिको मस्यौदा तयार पार्ने काम भइरहेको छ, केहीबेरमा हस्ताक्षर हुनेछ,’ उनले भने।

यसअघि रास्वपा सभापति लामिछाने र नेता बालेन्द्र शाहबीच छलफल चलिरहेको ठाउँमा काउन्सिल अफ जेन–जीका सुधन गुरुङले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई लिएर गएका थिए।

तीनै जना एक ठाउँमा हुनुपर्ने भन्दै उनले बौद्धमा रहेको एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई आफ्नो गाडीमा राखेर रवि बालेन्द्र भए ठाउँमा लगेका थिए।

त्यसपछि भएको संवादमा सहमति जुटेको नेताहरुले बताएका छन्।

रास्वपा स्रोतका अनुसार, कुलमानलाई अहिले समानुपातिक सूचीमा १० प्रतिशत हिस्सा लिएर एकतामा आउन भनिएको छ। तर, कुलमानले चाहिँ ३० प्रतिशत मागेका थिए।

समानुपातिकमा बालेन्द्र पक्षलाई ४० प्रतिशत दिने सहमति भइसकेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार