हिमा गाउँपालिका–५ स्थित कस्तुरी भिडमा नेपाल टेलिकमको फोरजी सेवा सहितको टावर सञ्चालनमा आएको छ।
टावर सञ्चालनमा आएसँगै हिमा गाउँपालिकाका वडा नं १, २, ३, ४, ५, ६ र ७ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए।
उनका अनुसार टावर सञ्चालनले सञ्चार पहुँच विस्तार हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार र सेवाप्रवाहमा सकारात्मक प्रभाव पर्नेछ।














