हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन्। दुई जना घाइते भएका छन्।
स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो।
आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ।
आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ।
घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए।














