मंगलवार, १३ माघ, २०८२

छेडागाड १२ पनि बालमैत्री स्थानीय शासन युक्त वडा

जाजरकोट ‎छेडागाड नगरपालिका वडा नं १२ जाजरकोट जिल्लाको आठौँ तथा छेडागाड नगरपालिकाको चौथो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ।

मंसिर २९ गते जनकल्याण माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नगरपालिकाको चौथो बालमैत्री स्थानीय शासन कार्यक्रम सम्पन्न भएको हो।

‎बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा छेडागाड नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ बमोजिम बालमैत्री स्थानीय शासनका ५१ सुचकहरु पुर्ण कार्यन्वयन गरि दिगोपन सुनिश्चितता सहित सात प्रतिबद्धताका साथ “खुसी राखौँ बालबालिकाको मुहार, बालमैत्री छेडागाड समृद्धिको आधार” भन्ने मुल नाराका साथ वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ।

‎कार्यक्रममा छेडागाड नगरपालिका १२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले सभापतित्व ग्रहण गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर बिसी रहेका थिए। विषेश अतिथि छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा,छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय,छेडागाड नगरपालिका वडा नं १३ का वडा अध्यक्ष मोतिलाल खत्री सहितको सहभागी रहेको थियो।

‎पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यक्रम निर्देशक टेक बहादुर सुनार, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटमा कार्यक्रम व्यवस्थापक लोकमणी गिरी, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट कै कार्यक्रम संयोजक कुबेर केसी, उक्त संस्थाको मनोसामाजिक परामर्शकर्ता ज्ञानु थापा लगायत अन्य कर्मचारीहरू समेतको उपस्थित रहेको हो।

त्यस्तै ‎वडाका आठ बालक्लव,एक वडा बाल संजाल, नागरिक समाज, तेह्र विद्यालय, चार स्वस्थ्य संस्था, एक धार्मिक अगुवा समुह, महिला समुह,आमा समुह,बाल अभियान्ता, युवा अभियान्ता, प्रहरी चौकी, जेष्ठ नागरिक, सामुदायिक वन उपभोक्ता समूह, राजनितिक दल , नगरपालिका का विभिन्न शाखा लगायत स्थानीयहरुको सक्रिय सहभागीता रहेको थियो।

‎बालविवाह न्युनिकरण तथा बालमैत्री वडा निर्माण पुर्व तयारी अभिनय सञ्चालन गरि ५१ सुचक पुर्ण रुपमा कार्यान्वयन गरेपश्चात भव्य रुपमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको हो।

बिहान दुई बाजा समुह, दुई स्थानिय झाक्री मयुर नाँच द्वारा उपस्थित अतिथिहरुलाई स्वागत तथा सम्मान गरिएको भने कार्यक्रममामा उक्त वडाका वडा सदस्य गणेश बहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए।उनका अनुसार ‘अनुसार छेडागाड नगरपालिका वडा नं १२ ले ९५% बालमैत्री स्थानीय शासन सुचक पुरा गरेको हुनाले वडा बालमैत्री घोषणा गरेको हो।’

‎कार्यक्रममा सभाध्यक्ष प्रेम बहादुर खत्रीले घोषणापत्र सार्वजनिक गर्नुभएको गरेका थिए। घोषणापत्र सार्वजनिक पछि सात प्रतिबद्धतामा हस्ताक्षर गरिएको थियो। तत्पश्चात जिल्ला समन्वय समिति द्वारा वडालाई कदर पत्र हस्तान्तरण गरिएको थियो भने वडाले जिल्ला समन्वय समितिलाई कदर पत्र हस्तान्तरण गरिएको थियो । पालिकाले वडालाई र वडाले पालिकालाई कदर पत्र हस्तान्तरण गरेको थियो।

‎बालक्लब तथा बाल सञ्जालको प्रतिनिधित्व गर्दै बाल अभियान्ता प्रमिला आचार्यले मन्तव्य राखेकी थिइन्। उनले पछिल्लो समय बालबालिकाको हकहित र अधिकारको संरक्षणको लागि वडाले र स्थानीय संघसंस्थाहरूले गरेको सहयोग प्रति आभार व्यक्त गरिन्।

‎संस्थाका तर्फबाट मन्तव्य राख्दै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यक्रम व्यवस्थापक लोकमणी गिरीले ‘कार्यक्रम घोषणाको लागि मात्र होइन दिगो विकास र बालअधिकार सुनिश्चितता को लागि हो।’ उनले,भने।

‎‎विद्यालयहरुको प्रतिनिधित्व गर्दै नारायणी माध्यमिक विद्यालयको प्रधानाध्यापक गणेश कुमार बस्नेतले मन्तव्य राख्दै विद्यालयमा पनि बालमैत्री वातावरण कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‎जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर बिसी पनि बालमैत्री स्थानीय शासन कार्यान्वयन अभियानमा जिल्ला समन्वय समितिको पुर्ण सहयोग रहने कुरा बताए।

‎कार्यक्रमका सभाअध्यक्ष एवं छेडागाड नगरपालिका वडा नं १२ को वडा अध्यक्ष प्रेमबहादुर खत्रीले बालअधिकार संरक्षण र प्रर्वद्वनमा पछिल्लो समय छेडागाड नगरपालिका सक्रिय रुपमा लागि परेको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार