सिंजा गाउँपालिका वडा नम्बर ६ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
बृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य,महिलाहरूको पाठेघर सम्बन्धि स्वास्थ परिक्षण,हाडजोर्नी सम्बन्धि चेकजाँच, बालरोग सम्बन्धि,अन्य सामान्य परिक्षण,किशोर किशोरी परिवार नियोजन परामर्श,अन्य परामर्श लगायतका विषयमा स्वास्थ शिविर सिंजा गाउँपालिकाको ६ स्थित श्री माध्यामिक विद्यालय जोडु दाँतमा सम्पन्न भएको हो।

सिंजा गाउँपालिका आयोजना,पेस नेपाल,पलान नेपालको समन्वय र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको नि:शुल्क औषधि,सेवा तथा सहयोगमा नि:शुल्क स्वास्थ शिविर गरिएको हो।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा सिंजा ६ का २७२ जनाले चेकजाँच तथा नि:शुल्क उपचार गरेका छन्।जसमा महिला १५२ जना पुरुष ११० जना स्त्रीरोग:१५२ जना जसमा भी.आई. ए ५५ जना भी.आई.ए. पोजेटिभ २ जना र १ जनालाई रिफर र रिङ पेसरी ५ जना रहेका छन्।

त्यस्तै बालरोग चेकजाँच तथा उपचार गर्नेमा ६५ जना रहेका छन्। जनरल सेवामा ५५ जना र परामर्श सेवा किशोर किशोरी प्रजनन स्वास्थ मानसिक सेवा ६० जनाले लिएका हुन्।
स्वास्थ शिविरमा बोल्दै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले शिक्षा र स्वास्थ्य क्षेत्रमा आंशिक रुपमा जनतालाई दिन सफल भएको बताए।

‘औषधी र सेवा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले निशुल्क गरेको हो हामीले सहकार्य मात्र गरेका हौं। आगामी दिनमा निशुल्क स्वास्थ शिविर १ देखि सुरु गर्ने छौं।’,उनले भने। साथै कर्णाली स्वास्थ विज्ञान प्रतष्ठानलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.पुजन रोकायाले शिविरमा सम्भव नभएको उपचार प्रतिष्ठानमा लिएर निशुल्क उपचार गर्ने र यो आफ्नो भेग भएकोले आगामी दिनमा अन्य स्वस्थ शिविर निशुल्क गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

साथै कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले सक्ने सहयोग समन्वयको निम्ति तयारी भएको बताए।
स्वास्थ शिविरमा उपचार गर्न आएकी स्थानीय जैकली बुढाले भनिन् ‘आफ्नै ठाउँ आएर पहिलोपटक डाक्टरले निशुल्क उपचार गरेकोमा खुसी लागेको छ’
त्यस्तै प्याउरी रावतले उपचार गर्न हिडेर नराकोट स्वास्थ चौकीमा पुग्नुपर्थ्यो आज आफ्नै गाउँमा आएर डाक्टरले आफ्नो चेकजाँच र उपचार गरिदिदा राम्रो लागेको यो शिविर आयोजना गर्ने पालिका लगायत सहयोग गर्ने निकायलाई धन्यवाद व्यक्त गरेकी छन्।














