सोमबार, १२ माघ, २०८२

तिला घोडेमा एक सय ४३ बोकाको बलि दिएर रायपुर्बमा पुजा

तिला गाउँपालिका ६ को घोडे गाउँमा पर्ने रायपुर्ब थानमा एक सय ४३ बोकाको बलि दिएर पूजाअर्चना गरिएको छ।

घोडे गाउँको अवस्थित समुद्री तहदेखि करिब ४ हजार मिटरको उचाईमा रहेको भाब्ना पाटनमा रहेको धार्मिक स्थल रायपुर्बको थानमा यो वर्ष १४३ वटा काँचा बोकाहरूको बलि दिइएको हो।

प्रत्येक वर्षमा एकचोटि पूजाअर्चना गरिने यो एक विशेष प्रकारको पूजाअर्चनाको शैली हो। जहाँ प्रत्येक वर्षको मंसिर शुक्ल एकादशीको दिन बोकाको बली दिएर पूजा गर्ने गरिन्छ।

परम्परादेखि स्थानीयको मान्यता अनुरुप दिदै आएको प्रचलन हालसम्म कायम रहेको र बोका बली दिदा शान्त तथा भयरहित वातावरणमा दिने गरिएको तिला गाउँपालिका ६ का वडाध्यक्ष जंग रोकायाले बताए।

उनले भने, ‘यहाँ जुम्ला,कालिकोट सुर्खेत,बाँके लगायत देखिका जिल्लाहरूबाट यस धार्मिक स्थलमा आएर बोकाको बली दिने र धार्मिक मान्यता अनुसार यहाँ आएर वर मागेपछि मान्छेका मनोकामना पूरा हुने विश्वास समेत जनमानसमा छ।’

उनका अनुसार वडाले यस धार्मिक स्थलको संरक्षण गरिरहेको छ भने धार्मिक मठ मन्दिर निर्माण गर्ने पनि गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार