सोमबार, २ असार, २०८२

राइटपाथको कीर्तिपुर शाखा उद्घाटन हुँदै: विदेशमा उच्च शिक्षाका लागि नयाँ अवसर

कीर्तिपुर शाखाको उद्घाटनसँगै राइटपाथले नेपालका थप विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले आउँदो शुक्रवार कीर्तिपुरमा आफ्नो नयाँ शाखा उद्घाटन गर्दैछ।

वि.सं. २०१७ मा काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालनमा आएको राइटपाथले हाल नयाँ बानेश्वर, ललितपुर, इटहरी, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ।

कीर्तिपुर शाखाको उद्घाटनसँगै राइटपाथले नेपालका थप विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ।

राइटपाथले कक्षा १२ उत्तीर्ण गरी डिप्लोमा, ब्याचलर वा मास्टर्स अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको छ।

विशेषगरी युके, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडा जस्ता शैक्षिक गन्तव्य भएका देशका उत्कृष्ट विश्वविद्यालय र कलेजहरूमा भर्ना प्रक्रिया, भिसा परामर्श र अन्य आवश्यक सहयोग प्रदान गर्ने राइटपाथको विशेषता रहेको छ।

राइटपाथका सिइओ फिलिप डिसीले कीर्तिपुर शाखाको उद्घाटनलाई कम्पनीको सेवाविस्तारमा महत्त्वपूर्ण कदम भएको बताए।

“हामी विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहयोग गर्न प्रतिबद्ध छौँ। कीर्तिपुर शाखाले स्थानीय विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक अवसरहरूको पहुँचमा ल्याउनेछ,” उनले भने।

डिसीले राइटपाथसँग विश्वका प्रतिष्ठित कलेज र विश्वविद्यालयहरूको बलियो सञ्जाल रहेको र विद्यार्थीहरूले एकपटक राइटपाथको परामर्श केन्द्रमा आएर विस्तृत जानकारी लिन अनुरोध गरे।

यो नयाँ शाखाले कीर्तिपुर र आसपासका क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षाको सपना साकार पार्न थप सहज र सुलभ सेवा प्रदान गर्नेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार