बिहीबार, २१ फाल्गुन, २०८२

जेन–जीको नाममा बालेन, सुशीला, रवि, कुलमानसहितले गरेको रणनीति जनताले नबुझ्दा मुलुक झन् ठूला भ्रष्टाचारी र विदेशीको हातमा!

जेनजीका अभियन्ता सुदन गुरुङ त एनजीओ चलाउँछन्। एनजीओमार्फत गरिबको नाम बेचेर उनले अर्बौं विदेशी डलर ल्याएर पचाएको आरोप छ। उनीहरू काँग्रेस, एमाले नेताभन्दा ठूलो भ्रष्टाचारी, विदेशीको जासूस छन्। अनि यस्ता ठग, भ्रष्टाचारी व्यक्तिहरूले देश बनाउँछन् त? त्यसैले, अब जनताले यो सरकारलाई कर तिर्नुहुँदैन।

२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८९ सिट जित्दै नेपाली काँग्रेस संसद्को ठूलो दल बन्यो। चुनावमा नेकपा एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४, जसपाले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चा तथा नेमकिपाले एक–एक सिट जितेको थियो।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका पाँच जना पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। सो चुनावअघि ०७९ वैशाखमा स्थानीय तह चुनाव भएको थियो। जसमा पनि काँग्रेस, एमालेलगायत यी दलहरूले जितेका थिए।

काठमाडौं महानगरपालिकाका भने बालेन्द्र शाह (बालेन) ले स्वतन्त्रबाट जिते। अहिले उनलाई जोट दिने जनताहरू पछुताएका छन्। पहिले राम्रो मानिएका उनको अहिले असली रूप देखिंदैछ।

बालेनले काठमाडौंलाई राम्रो बनाउने भन्दै ठिकठाक रहेका पुराना ब्लक निकालेर महँगा ढुंगा तथा टायल हालेका छन्। त्यसमा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ। त्यति मात्र होइन उनले झिंगटी हालेर ठाउँठाउँमा बनाइएको बसस्टप पनि करोडौं भ्रष्टाचार गरेको आरोप लागेको छ। बालेन उपत्यकाका रैथाने बासिन्दा होइनन्।

बाहिरबाट भएपनि केही गर्छन् भन्ने आशाले उनलाई भोट_GRANTED ६३ हजार बढी काठमाडौंबासी अहिले थकित भएका छन्।किनकि उनको कारण आज नेपालको इतिहास जलेको छ। देश तहसनहस हुन पुगेको छ। बालेनसहित रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको मिलेमतोमा यो सबै भएको हो।

उनीहरूले आफू सत्तामा पुग्न सयौं वर्षको इतिहास बोकेको मुलुककै सबैभन्दा ठूलो र महत्त्वपूर्ण सिंहदरबारमा आगो लगाएका छन्।त्यतिमात्र होइन न्यायको थलो सर्वोच्च अदालत, संसद् भवन, विभिन्न सरकारी निकाय, जिल्ला अदालतहरू, प्रहरी चौकी तथा भवनहरू, निजी सम्पत्तिमा समेत आगो लगाए। उनीहरूको कारण आज देशलाई खर्बौंको क्षति पुगेको छ।

साथै, ५४ जनाले आन्दोलनका क्रममा ज्यान गुमाउनुपरेको छ। जेनजी आन्दोलन राष्ट्रियताको लागि भनिएको छ। दार्जेलिङ, सिक्किम, कोलकत्ता, टकनपुर, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग भारत र चीनको कब्जामा छन्।

यदि उनीहरूले साँच्चिकै राष्ट्रियताको लागि आन्दोलन गरेको भए यी भूभागका बारेमा आवाज उठ्थ्यो। यो भूभाग फिर्ता ल्याउन पहल गर्थे। तर, आन्दोलनमा एकचोटि पनि यस विषयमा आवाज उठेन। बरु भएको सरकारी, सार्वजनिक, निजी सम्पत्तिहरूमा आगो सल्काइयो।

नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसकेको छ।निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बीमाको २४ अर्ब बक्यौता दिन बाँकी छ। विदेशबाट लिएको ऋण, यी निर्माण व्यवसायी, कृषक र अस्पतालको भुक्तानी नदिई, जनताले तिरेको कर र विदेशमा नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाले रगतपसिना बगाई कमाएर पठाएको पैसाबाट बनाइएको सरकारी, सार्वजनिक भवनहरू यिनीहरूको स्वार्थका निम्ति खरानी बनाइयो।

अहिले जनता भन्छन्, ‘सरकारी सम्पत्तिमा आगो लगाउने बालेन, रवि, सुशीला, कुलमान, सुदनलाई तत्काल पक्राउ गर्नुपर्छ।’ तर, राष्ट्रपति रामचन्द्र पौडेल चाहिँ यस्तैहरूको माग सम्बोधन गर्दै सुशीलालाई प्रधानमन्त्री नियुक्त गर्छन्। यिनीहरूले कारण राजनीतिक दलका नेताहरूको भागाभाग चल्यो। नेताहरूको घरमा आगो लगाइएको छ भने नेतामाथि कुटपिट समेत भयो।

अनि हिजो यी नेताहरूलाई जिताउने जनता कहाँ गए? ती राजनीतिक दलका कार्यकर्ता कहाँ लुके? किन उनीहरू मौन छन्? किन सिंहदरबारमा आगो लगाउनेहरू विरुद्ध सडकमा उत्रिएनन्? सडक सडकमा सिसिटिभी क्यामरा जोडिएको छ।

अनि प्रहरीले किन सरकारी, निजी सम्पत्तिमा आगो सल्काउनेहरूलाई नसमातेको? सुशीला कार्की नेपाली नागरिक होइनन्। उनी भारतीय नागरिककी छोरी हुन्। नेपाली नागरिकसँग विवाह गरेकी उनी प्रधानन्यायाधीश हुँदा धेरै सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा व्यक्तिको नाममा गराउने फैसला गरेकी हुन्। त्यतिमात्र होइन उनी घुस खान पनि एक नम्बरमै पर्छिन्।

त्यसैले, उनलाई तत्कालीन सदनले महाअभियोगसमेत लगाएको थियो। नेपालको राजनीतिक परिवर्तनमा सुशीलासहित बालेन, रवि, कुलमान, जेनजी अभियन्ता सुदनको केही पनि योगदान छैन। जब मुलुक राजतन्त्रजस्तो निरंकुश शासन व्यवस्थामा थियो, तब उनीहरू मोजमस्ती गरिरहेका थिए, आफ्नै जीवनमा व्यस्त थिए। ०५२ फागुन १ गतेबाट शुरू भएको दश वर्षे जनयुद्धमा १७ हजार जनता मारिए। हजारौं घाइते, अंगभंग अनि बेपत्ता भए। ती बेपत्ता नागरिक अझै भेटिएका छैनन्।

०६२–०६३ को १९ गते आन्दोलनमा पनि धेरै जनताले ज्यान गुमाए। सयौं घाइते भए। अनि बल्ल मुलुकबाट राजतन्त्र हटेर लोकतन्त्र गणतन्त्र आएको हो। सुशीला कार्कीको खर्बौंको सम्पत्ति रहेको बताइन्छ। कुलमानले भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ। रवि सहकारी ठगीका अभियुक्त हुन् भने बालेनले फुटपाथ बनाउने नाममा करोडौं भ्रष्टाचार गरेको आरोप छ।

यता, जेनजीका अभियन्ता सुदन गुरुङ त एनजीओ चलाउँछन्। एनजीओमार्फत गरिबको नाम बेचेर उनले अर्बौं विदेशी डलर ल्याएर पचाएको आरोप छ। उनीहरू काँग्रेस, एमाले नेताभन्दा ठूलो भ्रष्टाचारी, विदेशीको जासूस छन्। अनि यस्ता ठग, भ्रष्टाचारी व्यक्तिहरूले देश बनाउँछन् त? त्यसैले, अब जनताले यो सरकारलाई कर तिर्नुहुँदैन।

विदेशीले पनि नेपाललाई ऋण र अनुदान दिनहुन्न। त्यसपछि थाहा हुन्छ अहिले जलाइएका सरकारी सम्पत्ति उनीहरूले कसरी पुनःनिर्माण गर्छन्? भदौ २३ र २४ गते आफ्नो स्वार्थका निम्ति उनीहरूले राजनीतिक दलका नेताहरूको घर खरानी बनाए।

सरकारी सम्पत्ति पनि खरानी पारे। अब केही महिनामा सुशीला, बालेन, रवि, कुलमान र सुदनको घरमा पनि आगो लाग्ने छ। किनकि सत्ताबाहिर हुँदा काम गरेन, नेताले भ्रष्टाचार गर्यो भनेर आरोप लगाउन सजिलो छ तर आफू सत्तामा पुगेपछि त जनताले पनि सबै हेरिहाल्छन्।

तब उनीहरूको पनि असली चेहरा जनताले देख्ने छन्।अब काँग्रेस, एमालेसहितका राजनीतिक दलका कार्यकर्ता सडकमा आउन ढिलो भइसक्यो। देश सिध्याउन लागेका उनीहरू विरुद्ध दलका कार्यकर्ता अब एकजुट भएर प्रतिवादमा उत्रिनुपर्छ। नभए आज सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी सम्पत्ति जलाएका उनीहरूले भोलि देशै विदेशीको जिम्मा लगाउन बेर छैन।

सुशीला, बालेन, रवि, कुलमान, सुदनले देश छोड्न दिनगन्ती शुरु गरे हुन्छ। अब जनताले उनीहरूलाई छोड्ने छैनन्। जनताले तिरेको करबाट बनेको सम्पत्ति जलाएर जनतामाथि नै शासन चलाउन खोज्ने उनीहरू अब धेरै समय टिक्न पाउने छैनन्। बालेनलाई त अब काठमाडौंबासीले नै लखेट्ने छन्। किनकि उनले सिंहदरबार जलाएकालाई महानगरबासीले तिरेको करबाट खाना खुवाउने र उपचार गराइरहेका छन्।

राज्यको सम्पत्ति खरानी बनाउनेलाई भात खुवाउन र उपचार गराउन काठमाडौंबासीले कर तिरेका हुन् र? यसबाट पनि थाहा हुन्छ कि यो आन्दोलनका मुख्य नेतृत्वकर्ता बालेन हुन्। सबै सरकारी सम्पत्ति खरानी बनाउने पनि उनी नै हुन्। त्यसकारण अब जनताले उनलाई छोड्नुपर्छ।

जसरी उनले मुलुकलाई निरंकुश राजतन्त्रबाट हटाउन संघर्ष गरेका नेताहरुलाई लखेटे, त्यसरी नै बालेनलाई पनि जनताले लखेट्ने छन्। किनकि अरुलाई सिध्याएर, आफू बाँच्न सकिँदैन। ढिलोचाँडो अवश्य पाप धुरीबाट कराउँछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल