बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेस पदाधिकारीको निर्णय : तरुण दल जुम्लामा निर्वाचन प्रक्रिया अघि बढ्ने

नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा पुगेको छ। अधिवेशनको बन्द सत्रमा अध्यक्षदेखि अन्य पदहरूमा उल्लेखनीय संख्यामा उम्मेदवारी परेपछि निर्वाचनको सम्भावना बलियो बनेको थियोे।

तथापि नेतृत्व सर्वसहमतिमा चयन गर्ने भन्दै नेपाली कांग्रेस जुम्लाले उच्चस्तरीय समिति बनाएको थियो। तर पार्टीको पदाधिकारी बैठकले निर्वाचन मण्डललाई यथासिघ्र प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। कांग्रेस निकट स्रोतका अनुसार, सहमतिको प्रयास असफल भएपछि निर्वाचनमै जाने निर्णय गरिएको हो।

युवाबीचको सहकार्य र समावेशी नेतृत्व चयनका लागि कांग्रेसले प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, प्रदेश सभापति ललिजंग शाही र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष चन्द्र खड्कासहित तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। तर समितिले सहमतिको वातावरण बनाउन नसकेपछि चुनावमा जानु पर्ने अवस्था आएको हो।

कांग्रेस जुम्ला सभापति कर्ण बहादुर शाहीका अनुसार, “दलभित्रको एकता र समावेशितालाई ध्यानमा राख्दै निर्वाचनबाट नेतृत्व चयन गरिनेछ।” साउन ९ गते उद्घाटन र साउन १० गतेदेखि बन्द सत्रमा प्रवेश गरेको अधिवेशन अब निर्वाचनमार्फत टुंगो लाग्ने पक्का भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार