शुक्रबार, २९ फाल्गुन, २०८२

सांसदहरुका निम्ति सुनौलो अवसर

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्छन्। मोहनदाश निकै दुब्ला, पातला र मरन्च्यासे थिए। बीपी पनि पातला र दुब्ला थिए। डे क्लार्कभन्दा मन्डेला दुब्ला थि।ए महात्मा गान्धी पनि दुब्ला थिए। मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ। तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ। जस्तैः गान्धी, अब्राहम् लिंकन। गान्धी यति सर्वस्वीकृत भए कि उनको फोटो पनि चाहिँदैन। एउटा रेखाले गान्धीको नेतृत्वलाई चित्रित गर्न सकिन्छ। एउटा गोलो चश्मा र लौरो ठड्याउना साथ, त्यो गान्धी भइहाल्छ। नेतृत्वको करिश्मा भनेको त्यो, हो ।

हिजोको ऐतिहासिक विरासत बाेकेकाे मध्यकालीन यूगमा मेरो जुम्ला एक समृद्ध एवं शत्तिशाली राज्यको रुपमा रहेकाे तथ्य प्रष्ट छ। एकीकरणकाे समयपछि आधुनिकीकरणकाे दृष्टिकोणले विकट र दुर्गम पारिएता पनि अति सुन्दर गाैरभमय इतिहास बाेकेकाे जुम्ला चम्किला हिमाली चुचुराहरु, तालहरु र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरुले सिंगारिएकाे छ। जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनिकाे भण्डार हो। जुम्ला नेपालकाे कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हा।

१२ ओैं शताब्दीका राजा नागराजकाे राज्य स्थापना भएको जिल्लाकाे रुपमा पनि चिनिन्छ। नागराज हुँदै शाेभान शाही सम्मकाे जुम्ला एक स्वतन्त्र, स्वाधीन र खस सभ्यताको नेतृत्वदायी राज्य हाे। यहाँ रैका राजवंशकाे एक शत्तिशाली राज्य मुकाम थियोे। जुम्लाको रैका मल्ल राजाकाे राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो। यिनै ताम्रा पत्रमा रैका राइका आदेश लेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४ ओेेेैं शताब्दी पछि डाेटी गयो। यहाँका रैका राजा डाेटी विस्थापित भएपछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएकाे थियोे। यस भेगका कल्याल शाही ठकुरीहरु रैका राजापछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन।

तत्कालीन समयमा विशाल साम्राज्य बनेकाे सिंजाले ३२ देशबाट कर असुली गर्थ्याे। सिंजा साम्राज्य नेपाल एकीकरणकाे क्रममा सिंजा राज्य बलियो भएपछि गाेर्खालीहरुकाे निशानामा थियोे। पटकपटक आक्रमण गर्न पठाएको थियोे। आक्रमणमा दुइपटक असफल भएपछि तेस्रो समयमा नेपाल एकीकरण लिन नसकेको गाेर्खाली राज्यले असाेज महिनामा दशैकाे समयमा दुईवटा सेनाकाे टिम सिंजालाई आक्रमण गर्न आएकाे थियो। एकातिर निकै कामकाे चटारो अर्को तिर दशैको समयमा सेनाहहरु घरतिर गएकाे समयमा भएको आक्रमण सिंजा साम्राज्य आक्रमणमा परि पराजित र ध्वस्त भयाे।

वि.सं १८४६ पछिकाे लामाे समयसम्म शाहा वंशीय राज्यले सिंजा र कर्णाली प्रति हेर्ने दृिष्टिकाण राम्रो भएन। विशाल जुम्ला सिंजा राज्यको अवस्था झन् खस्किदै गयाे। जीवन शैली उस्किन नपाएपछि सम्बृद कर्णाली, गरिबीले छाएको र ओझेलमा परेकाे जुम्ला, नेपाल एकिकरणकाे क्रममा सिंजा राज्य पतनपछी कर्णालीकाे कालो यूग सुरु (कालो दिन) सुरु भयो।

जुम्ला सिंजापुरी यामीला याे शब्दसँग हामी सबैकाे इतिहास, पाैरख, विजय, स्वाभिमान रगत र पसिनाकाे सम्बन्ध छ। याेगी नरहरि नाथले जुम्लेश्वर वंशावलीमा भानशाहि जुम्लाको पहिलो राजा उल्लेख गरेकाछन्। भान साहिकाे वि.सं १५१३ काे ताम्रा पत्र देखिन्छ। अंग्रेज खाेजकर्ता ह्यामिल्टनले जुम्लाको सिमाना पश्चिममा गढवाल, पुर्वमा मुस्ताङ, उत्तरमा कागकाेटि सम्म उल्लेख गरेकाछन्।

हामी एकचोटी वर्तमान परिप्रेक्ष्यमा फर्किँदा अहिले नेपालमा सबैभन्दा धेरै गफ गरिने तर नरुचाइने र गाली गरिने एउटामात्र विषय भनेको राजनीति र यसमा लागेका व्यक्ति भएका छन्। विगतमा एकथरी मानिसमा राजनीति भनेको सर्वसाधारणले नभएर संभ्रान्त वर्गले गर्ने क्रियाकलाप हो भन्ने मानसिकता थियो। पछिल्लो समयमा यो मानसिकतामा केही हदसम्म परिवर्तन आई पिछडिएको र उपेक्षित वर्गलाई राजनीतिमा सहभागी गराइएको छ। तथापी राजनीतिमा प्रवेश गर्नु अगाडि निम्न वर्गको प्रतिनिधित्व गर्ने राजनीतिकर्मी नै राजनीतिक उच्च ओहदामा पुगेपछि रातारात उच्चवर्गमा परिणत भइरहेका छन्। तर आफूले जुन वर्गबाट प्रतिनिधित्व गरेको हो सो वर्गको उठानका लागि भने केही पनि काम नगरेको तिताे यथार्थ छ।

राजनीति समाज परिवर्तनका लागि हो, राजनीति समाजसेवा हो। राज्यलाई आर्थिक सामाजिक हरेकतवरले समृद्ध बनाउन सबैभन्दा ठूलो भूमिका राजनीतिकै हुन्छ। राज्यको नीति बनाउने यस्तो महत्वपूर्ण कार्य अहिले पद, शक्ति र पैसा कमाउने पेशा बनेको छ। राजनीति कर्ममा लाग्ने र लाग्न चाहने जो कोहीले पनि आफू राजनीति किन गर्दैछु भन्ने कुरामा पहिले नै दृढ हुनु जरुरी छ। जसले गर्दा राजनीतिको मर्ममा आँच आउन सक्दैन। अहिले राजनीति गरिरहेकाहरु काम गराइले नै राजनीति जस्तो पवित्र कर्म नेपाली समाजमा घृणित बनेको छ। नेपाली राजनीतिमा युवाको सक्रियता नहुँदा आज देशले जे भोग्नुपरेको छ, त्यो यो पुस्ताले नै भोगेको छ। युवा हरेक परिर्वतनका संवाहक हुन। परिवर्तनका नाममा भएका क्रान्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहास दर्शाउँछ।

नेपालको राजनीतिक इतिहास केलाएर हेर्दा २००७, २०४६ र २०६२/०६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय छ। जनसंख्याको यति ठूलो हिस्सा युवा भएको देश, युवा निर्यात गरेर रेमिट्यान्स भित्र्याउने बाहेक अरु केही गर्न सकिरहेको छैन। यस्तो अवस्थामा दोष नेपालको राजनीतिक नेतृत्वलाई जाने गरेको छ। हो, हाम्रो राजनीतिक नेतृत्वले विगतमा देशलाई आत्मनिर्भर र समृद्ध बनाउन गर्नुपर्ने काम नगरेका कारण नै देशले यतिखेर संकट झेल्नुपरिरहेको छ र वर्तमान नेतृत्व पंक्ति देख्दा देश यो अवस्थाभन्दा अझै अरु संकटतर्फ जाने देखिन्छ।

अहिलेको अवस्थामा युवाको भूमिका के? युवा राजनीति कस्तो हुने भन्ने कुरा बहस हुन जरुरी छ। जब समाज भ्रमित हुन्छ र जनता निराश हुन्छन्, तब भ्रम पनि सत्य जस्तो र सत्य पनि भ्रम जस्तो लाग्छ। यस्तो विडम्बनापूर्ण राजनीतिक तथा सामाजिक मनोविज्ञानलाई निहिलिजम (शून्यवाद, निराशावाद) भनिन्छ, अहिले नेपाली समाज त्यस्तै राजनीतिक निहिलिजमको चरणबाट गुज्रिरहेको छ भ्रमको व्यापार, निराशाको खेती र अतिरञ्जित प्रोपगाण्डाको कोलाहलले समाज नै प्रदूषित भएको छ। सम्यक, विवेकसम्मत र तथ्यपरक विचार तथा दृष्टिकोणभन्दा उग्र, अतिवादी र मनोगत भाष्य, निन्दा र भर्त्सना प्रचलित बहसमा हाबी हुँदै गएको देखिन्छ।

राजनीतिक इतिहास, भिजन, विचार, नीति, नैतिकता, योग्यता, क्षमता, संघर्ष होइन, चर्को र गैरजिम्मेवार अभिव्यक्ति, प्रायोजित प्रोपगाण्डा, सस्तो स्टन्टबाजी र चमत्कारको भ्रम नै राजनीतिक मानक मान्न थालिएको छ। जादुगर, अवतारी र चमत्कारी बाबा जस्ता प्रतीत हुने पार्टी, प्रवृत्ति र पात्रको जनोत्तेजक तथा भावोत्तेजक अभिव्यक्तिमा जनता भ्रमित हुँदै गएको देखिन्छ।

राजनेताहरू सत्य बोल्छन्। सत्यलाई प्रमाणित गर्नु पर्दैन। सत्यको व्याख्या पनि चाहिँदैन। सत्यभित्र आत्मा छुपेको हुन्छ, विवेक बसेको हुन्छ। अंग्रेजीमा एउटा भनाई छ, “A politician thinks of the next election, A statesman thinks of the next generation.” अर्थात् एक राजनीतिज्ञले अर्को चुनावकाे बारेमा साेच्छ, तर राजनेताले अर्को पुस्ताकाे बारेमा!!

राजनीतिमा सत्य भनेको जनताको विश्वास बोल्नु हो। यसो भन्नुको मतलब मन जनताको हुन्छ, मुखमात्र नेताको हुनु हो। लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्छन्। मोहनदाश निकै दुब्ला, पातला र मरन्च्यासे थिए। बीपी पनि पातला र दुब्ला थिए। डे क्लार्कभन्दा मन्डेला दुब्ला थि।ए महात्मा गान्धी पनि दुब्ला थिए। मान्छे  हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ। तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ। जस्तैः गान्धी, अब्राहम् लिंकन। गान्धी यति सर्वस्वीकृत भए कि उनको फोटो पनि चाहिँदैन। एउटा रेखाले गान्धीको नेतृत्वलाई चित्रित गर्न सकिन्छ। एउटा गोलो चश्मा र लौरो ठड्याउना साथ, त्यो गान्धी भइहाल्छ। नेतृत्वको करिश्मा भनेको त्यो, हो ।

२०३७ सालतिरको कुरा हो, सहिद दिवस मनाउन खुलामञ्चमा आसीन प्रधानमन्त्री र उनकै छेउमा बसेका युगकवि सिद्धिचरण श्रेष्ठ र जिउँदो सहित रामहरि शर्मालाई देखाउँदै कवि केदारमान …व्यथित’ले भनेका थिए, “नेपालमा उल्टो भो, जिउँदो सहिद र उनीहरूका कविता लेख्नेहरू खबटे गाला र फू गर्दैमा ढल्लान्जस्ता छन्। तर मुलुकको चिन्ता लिएर दुब्लाउनुपर्ने प्रधानमन्त्रीका गाला भने त्यसै रगत चुहिएला जस्तो तातो जुलेबी स्वरूपमा!” सहिद दिवस मनाउन आएकाहरू एकछिन् अकमक भएका थिए भने कविता वाचन गर्न बसेका युवा कवि सहिदको अपमान सम्झिएर कविता वाचन नै नगरी फर्किन खोजेका थिए। कवि ‘व्यथित’ को अभिव्यक्ति प्रतीकमात्र थियो राजनीति गर्नेहरूप्रति।

वास्तविकता के हो भने जनताका खातिर चिन्ता लिनेहरू जनतासँगै मोटाउने र जनता दुब्लाउँदा झिनो देखिन्छन्। जनता झुम्रिँदा टल्किनु र जनता दुब्लाउँदा मोटाउनुको सोझो माने व्यवस्था सञ्चालकहरू जनताको मन जित्न, जनताप्रति चिन्ता गर्न सक्षम छैनन् भन्ने हो। जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने र शरीर मोटाउने क्रम सत्तासयरको परिचायक हो भनेर भनिरहनु परोइन। ‘प्लेजर इनर्सिया’ले मनलाई विकृत पार्छ, मस्तिष्कलाई क्षीण तर यसको क्षतिपूर्ति शरीरमा पर्छ, शरीरचाहिँ भीमकाय बन्छ। मोटो नेता यही इनर्सियाको उपज हो।

एरिस्टोटले भनेका छन्, “हामी सामाजिक प्राणी हौं। सामाजिक हुनुको अर्थ समाजमा बस्छौं। समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन्। त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो।” अर्थात, सामाजिक मुद्दाहरुको उठान गर्ने व्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो। नेता व्यक्ति हो र नेतृत्व सामुहिक विषय हो। जसरी, एउटा चस्माको फ्रेम र लौरो भएको चित्र देख्दा महात्मागान्धीलाई, एउटा सुराही र छाताको फोटो देख्दा कृष्णपसाद भट्टराईलाई सम्झन्छौं, त्यसैगरी नेता र नेतृत्वको कुरा आउन साथ हामी राजनीतिलाई सम्झने गर्दछौं। नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन्। झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं। हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको हुन्छ। हामी सबैलाई थाहा छ, राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ। त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ। त्यसैले पनि होला, अहिले मानिसहरु भनिरहेका छन् राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेन। त्यसैले अहिले पनि आम नागरिकहरु वास्तविक नेता र नेतृत्वको खोजी गरिरहेका छन्, वर्तमान नेता र नेतृत्वमाथि भरोसा गर्न सकिरहेका छैनन्।

नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ। सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ। जटिल परिस्थितिमा निकै परिश्रम गरेर काम फत्ते गर्नेहरू पनि पर्याप्त सङ्ख्यामा भेटिन सक्छन्। असामान्य प्रकृतिका समस्यामा लामो समयसम्म घोत्लिएर बडो मेहनतका साथ समाधान गर्न सामान्य मानिसले पनि सक्छन् तर नेता भनेको फरक प्रकृतिको गुण भएकै हुनुपर्छ। सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सके मात्रै नेता वास्तविक राज नेता ठहरिन्छ।  इतिहासकै सायद ऐतिहासिक समय हाे जाे संघमा ४ जना सांसद र प्रदेशमा २ जना जम्मा ६ जना माननियहरु जुम्लाले पाउनुभनेकाे धेरै ठुलो गर्वकाे कुरा हाे। जुम्लामा विकासका मुलहरु फुटाउने सम्भवत याे अति उपयुक्त समय हाे।

माननीय ज्यूहरु तपाईंहरु ऐतिहासिक विरासत बाेकेकाे सिंजापुरी जुम्लाको फुलवारीमा फुलेका फुलहरु हुनुहन्छ। सबै माननिहरु राजनेता हुनुहुन्छ। हामी जुम्लाबासीहरु हजुरहरुकाे उच्च कदर गर्दै सम्मान गर्छाैं। याे बेला भनेकाे माननीय ज्यूहरुले कति फेसबुकमा स्टाटस लेख्नुभयाे, काेसँग राजनीति जुहारी खेल्नुभयाे, युटुबमा कति भ्यूज आयो। काे सँग राजनीति बहस गर्नुभयो। कुन देश भ्रमण गर्नुभयो। कुन हाेटेलमा सभा सम्मेलनमा सहभागी हुनुभयो याे सबै हजुरकाे व्यक्तिगत कुरा रह्यो।

ऐतिहासिक विरासत बाेकेकाे जुम्ला कर्णालीकाे रुपरेखा, भविष्य कसरी काेर्दैहुनुहुन्छ? जुम्लाका धेरै सम्भावनाका क्षेत्रहरुलाई कसरी लिइरहनु भएकोछ? अबकाे ५० वर्ष पछिकाे जुम्लालाई कस्तो प्रकारले परिकल्पना गर्दै हुनुहुन्छ? जुम्ला कर्णालीकाे विकासका जगहरु कसरी बसाल्दै हुनुहुन्छ? यी कुराहरु तत्काल परिणामहरु नआएपनि ८४ पछि परिणामहरुकाे प्रतिक्षामा छाैं। आशा छ जनताकाे हृदयपाटीमा हजुरकाे इतिहास सुनाैला अक्षरले कारिने छन्। यहि शुभकामना छ। हजुरहरुकाे आगामी राजनितीक यात्रा सफल र सहज हाेस, मेरो शुभकामना छ।

सन्दर्भ सामाग्री
१) जुम्ला जिल्लाकाे रुपरेखा
२) विकिपिडिया
३) प्राचीन नेपाल
४) डाेट्याली शब्दकोष
५) खस साम्राज्यकाे इतिहास
६) मध्यकालीन नेपाल
७) The Kathmandu Post
८) Saptahik
९) ekantipur.com
१०) nagariknews

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार