नेपालमा बसेर भारत र चीनमाथि अमेरिकाले आक्रमण नगर्ला भन्ने के ग्यारेण्टी ? जनताले एमसीसी पास गर्दा हुने क्षति देखिसकेका थिए । सरकारलाई जनताले पटकपटक सचेत गराए । जनताले अमेरिकाले एमसीसीमार्फत दिने रकम हामी उठाएर दिन्छौंसमेत भने । तर, सरकारले सुनेन ।
नेपाली जनता विगतदेखि नै एमसीसीको विपक्षमा छन् । जनताले एमसीसी चाँहिदैन भन्दाभन्दै सरकारले जबरजस्ती २०७८ फागुन १६ गते सदनबाट पास गर्यो । एमसीसी अमेरिकी परियोजना हो । अमेरिकाले केसम्म गर्न सक्छ ? अहिले त्यसको नमूना देखिँदैछ । अमेरिकाले केही समयअघि मात्र भेनेजुएलाका राष्ट्रपतिको दम्पत्तीलाई पक्राउ गर्यो ।
चिलले कुखुरा टिपेजसरी निवासबाटै उठाएर उनीहरुलाई लगियो । हाल इरानमा आक्रमण गर्यो । जसमा इरानका सर्वोच्च नेताको निधन भएको छ । नेपाली जनताले हिजो जे भनिरहेका थिए, त्यो आज पुगिरहेको छ । भदौ २३ र २४ गतेको घटनामा अमेरिकाको अप्रत्यक्ष संलग्नता भएको आरोप लाग्दै आएको छ ।
नेपाल सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेको थियो । तीमध्ये अधिकांश सामाजिक सञ्जाल अमेरिकाको थिए । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनले मुलुकलाई खरानी बनायो । नेपालमा सञ्चालित अधिकांश एनजिओ अमेरिकाबाट सञ्चालित छ ।
एनजिओमा नेपालीलाई काम दिएर अमेरिकाले नेपालको अवस्था बुझ्दै आएको छ । नेपालीलाई अमेरिकाले आफ्नो सूचनाको स्रोत बनाइरहेको छ । नेपालको खबर बुझ्न अमेरिकाले राजनीतिक दललाई प्रयोग गर्छ । कहिले एमाले, काँग्रेस त कहिले रास्वपा । बिसौं लाख जनता रोजगारीका लागि मध्यपूर्वमा छन् ।
अमेरिकाको आक्रमणपछि त्यहाँ दोहोरो भिडन्त हुने देखिएको छ । जसले सबैभन्दा बढी मर्कामा नेपाली पर्ने देखिएका छन् । एक नेपालीको आक्रमणमा ज्यान गइसकेको छ । कति घाइते होलान् । ती नेपाली अब कसरी स्वदेश फर्किने ? नेपाल दुई ठूला मुलुकबीच छ । अमेरिकाले नेपाललाई फुटबल मैदान बनाउन सक्छ ।
नेपालमा बसेर भारत र चीनमाथि अमेरिकाले आक्रमण नगर्ला भन्ने के ग्यारेण्टी ? जनताले एमसीसी पास गर्दा हुने क्षति देखिसकेका थिए । सरकारलाई जनताले पटकपटक सचेत गराए । जनताले अमेरिकाले एमसीसीमार्फत दिने रकम हामी उठाएर दिन्छौंसमेत भने । तर, सरकारले सुनेन ।
संसद् भवनअगाडि त्यत्रो आन्दोलन भयो । तर, सुरक्षाको घेराभित्र बसेर सरकारले एमसीसी पास गरेरै छोड्यो । भोलि केही कारणबस नेपाललाई खतरा भयो भने कसले जिम्मा लिने ? ६५ अर्ब नेपाली रुपैयाँका लागि नेताहरुले देशलाई रणभूमिमा हालेका छन् । जनताले एक एक हजार रुपैयाँ दिएको भएपनि त्योभन्दा बढी रकम उठ्थ्यो ।
दुई मुलुकको घटनापछि नेपाली जनताले अमेरिकाबाट नेपाललाई पनि खतरा छ भन्ने बुझिसकेका छन् । अमेरिकाले जतिबेला जे पनि गर्नसक्छ भन्ने देखिइसकिएको छ । किन सरकारले अमेरिकाले जे भन्यो, त्यही मान्नुपर्छ । नत्र त जेपनि हुनसक्छ । सरकारले सदनबाट एमसीसी पास गरेर कानुन नै जारी गरिसकेको छ ।
अमेरिकाले कानुन नै आफ्नो पक्षमा बनाइसकेको छ । भोलि अमेरिकाले आफ्नो सेना ल्याएर राख्छु भनेपनि सरकारले अनुमति दिनुपर्छ । अनि देशको हालत के हुन्छ ? केही रकमका लागि देशलाई भडखालोमा लगेर हालिएको छ । यो कुरा राजनीतिक दलले बुझेनन् । शक्तिशाली देशको सर्वोच्च नेता मार्न र उठाउन सक्नेले नेपाललाई बाँकी छोड्छ ।
हाम्रा नेता त अमेरिकाले जे भन्छ, त्यही मान्छन् । एमसीसीको विरोधमा प्रदर्शन हुँदा दुई जनाले गोली खाएर ज्यान गुमाएका छन् । देश अर्कालाई सुम्पिनुहुँदैन भन्दा राज्यले गोली हान्यो । विदेशमा भएका जनतालाई अमेरिकाका कारणले दुःख भयो । अब नेपालमा भएकाले दुःख पाउनेछन् ।
नेपाली जनताले फागुन २१ गते मतदान दिनुअघि सोचौं । अमेरिकाबाट सञ्चालितहरुलाई मत दिएर सदनमा नपुर्याऔं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह अमेरिकाबाट सञ्चालन भएको आरोप लाग्दै आएको छ । त्यसैले जनता सचेत होऔं । गलत व्यक्तिलाई भोट दिँदा अन्य मुलुकले नेपालमा कब्जा जमाउन सक्छ ।
पार्टीभन्दा पनि आफ्नो भूभाग ठूलो हो । भूभाग भनेको आमा हुन् । आमामाथि अत्याचार गर्नेले भोट नपाओस् । पार्टीबाट माथि उठेर देशको भूभाग र जनताका निम्ति काम गर्नेलाई मतदान गरौं । माओवादीले १० वर्ष जनयुद्ध गर्दापनि ८४ अर्ब ७७ करोड ४५ लाख रुपैयाँको सरकारी सम्पत्तिमा क्षति भएको थिएन ।
निजी सम्पत्तिमा पनि उनीहरुले धेरै क्षति पुर्याएका थिएनन् । तर, २७ घण्टामै जेनजीहरुले त्यत्रो प्रदर्शन गरे । सरकारी सम्पत्ति र निजी सम्पत्ति ध्वस्त पारियो । ७६ जनाको ज्यान गयो भने हजारौं घाइते भए । आन्दोलन आह्वान गर्ने, एक्यबद्धता जनाउने रवि लामिछाने र बालेन्द्र साह हो ।
बालेन र रविले यसको जिम्मा लिने कि नलिने ? जेलभित्र बसेर आन्दोलन भड्काउने रवि र सामाजिक सञ्जालबाट जेनजीलाई उक्साउने बालेनलाई कारबाही हुनुपर्छ । अरु देशको झोला बोकेर देश खरानी बनाउन पाइन्छ ? बालेनले २०८० भदौ १६ गते सिंहदरबार जलाउने धम्की दिएका थिए । आज वास्तवमै सिंहदरबार खरानी भएको छ ।
कसको योजनामा सिंहदरबार जलाइएको थियो ? जनताले बुझेका छन् । सिंहदरबार जलाउने योजना अहिलेको होइन, पहिल्यैकै हो । पर्दाभित्र बसेर जेनजी आन्दोलनमा जलाइएको छ । २०५६ सालमै अमेरिका गएको व्यक्ति हुन् । २०६६ सालमा उनले नेपाली नागरिकता र राहदानी त्यागेर अमेरिकाको राहदानी र नागरिकता लिए ।
अमेरिकामा उनको दर्जनौं मुद्दा छ । मुद्दैमुद्दा परेपछि उनी २०७१ सालमा उनी नेपाल फर्किए, त्योपनि भिजिट भिसामा । त्यसपछि उनी अमेरिका नै फर्किएनन् । न नेपाली नागरिकता नै लिए । टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाए, राजनीतिक दलमाथि हिलो छ्यापेर सर्वसाधारणलाई उचाले ।
विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काएको भनेर नौटंकी गरे । साँच्नै नै नेपाल ल्याउन सक्ने हो भने अहिले मध्यपूर्वमा अलपत्र परेका बिसौं लाखलाई नेपाल फर्काउन् । अनि जनताले रविलाई पत्याउँछन् । हिजो म्यानपावरबाट कमिशन नपाएर उनले त्यो नौटंकी गरेको भन्ने जनताले बुझिसकेका छन् ।
उनको काम पनि जनताले देखिसकेका छन् । अनि अझै हामी देश बनाउने पार्टी भनेर जनतालाई भ्रमित बनाउने ? उनीमाथि पाँच वटा सहकारीमा लाखौं बचतकर्ताले बचत गरेको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी १० करोड रुपैयाँ धरौटी र बिगो तिरेर जेलबाट बाहिर आएका छन् ।
यस्तो व्यक्तिलाई भोट दिँदा देशको अवस्था के होला ? जनताले के भोग्नुपर्ला ? काँग्रेस, एमालेले भ्रष्टाचार गरे होलान् । तर, २७ घण्टामा देश खरानीचाँहि बनाएनन् । ७६ जनाको ज्यान केही क्षणमै लिएनन् । बालेन र रवि भदौ २३ र २४ गतेको घटनाको मुख्य योजनाकार हुन् ।
तिनलाई नसमात्ने हो भने देशमा के के हुन्छ ? कल्पना पनि गर्न सकिँदैन । भदौ २३ र २४ गते ट्रेलर देखाइएको छ, बालेन र रवि संसद्मा पुगेपछि अमेरिकाले पुरा फिल्म देखाउँछ । त्यसैले जनताले मतदान गर्नुअघि राम्ररी सोचौं ।














