मंगलवार, १३ माघ, २०८२

एमाले केन्द्रीय सदस्यमा जुम्लाकी मेनका पछाईको उम्मेदवारी

पछाई १५ वर्षको उमेरदेखि नै एमालेको सक्रिय राजनीतिमा लागेकि थिइन्। ‘राजनीति मेरो रहर मात्रै होइन, जीवनको अभिन्न हिस्सा हो,’ उनले भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा कर्णालीबाट केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षासहित जुम्लाकी मेनका पछाईले केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी छिन्।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकी पछाईले कर्णाली भुगोल महीला केन्द्रीय सदस्यमा उम्मेदारी दिइएकी हुन। पछाई १५ वर्षको उमेरदेखि नै एमालेको सक्रिय राजनीतिमा लागेकि थिइन्। ‘राजनीति मेरो रहर मात्रै होइन, जीवनको अभिन्न हिस्सा हो,’ उनले भनिन्।

विद्यार्थी राजनीतिबाट सुरु गरेकी उनी केन्द्रीय नेतृत्वसम्म पुग्ने आकांक्षा सहित अगाडि बढेकी छन्। पार्टी जीवनमा विभिन्न सङ्गठनिक जिम्मेवारी निर्वाह गर्दै आएकी उनले आफूलाई प्रतिनिधिले न्याय गर्ने बताइन्।

पछाई १० औँ महाधिवेशनमा पनि प्रतिनिधि थिइन्। सोही समयमा केन्द्रीय सदस्यको दाबी रहे पनि व्यक्तिगत कारणले पछि हट्नुपरेको उनको भनाइ छ।

उनले भनिन्, ‘त्यो बेला म पछि हटेँ, तर मेरा धेरै समकालीन साथीहरू आज पार्टीको माथिल्लो तहमा पुगिसक्नुभएको छ।’

उनले आफ्नो साङ्गठनिक योगदान, अनुभव र वैचारिक स्पष्टताका आधारमा अब केन्द्रीय सदस्यमा दाबी गर्नु स्वाभाविक भएको दृढता व्यक्त गरिन्।

अखिल (अनेरास्ववियु) का विभिन्न मोर्चामा सक्रिय रहेकी पछाई एमाले जुम्ला जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य तथा प्रभार विभाग प्रमुखको जिम्मेवारीमा समेत रहेर काम गरिसकेकी छन्।

पछिल्लो पटक प्रदेश कमिटीको उपसचिवमा उम्मेदवार बनेकी पछाई २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचीमा पनि समावेश थिइन्।

‘म निरन्तर पार्टीमा क्रियाशील हुँदै यहाँसम्म आइपुगेकी हुँ,’ उनले भनिन्, ‘अब बाँकी जीवन पनि पार्टी र विचारलाई नै समर्पण गर्ने निर्णयसहित केन्द्रीय सदस्यमा दाबी पेस गरेकी छु।’

कर्णालीको भूगोल, महिला नेतृत्व र युवाको प्रतिनिधित्वलाई केन्द्रीय तहमा मजबुत बनाउने लक्ष्यसहित अघि बढेकी पछाईको उम्मेदवारीलाई महाधिवेशनमा कसरी मूल्याङ्कन गरिन्छ, त्यो भने चासोको विषय बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार