यो बेला हिउँले तालको वरपरको क्षेत्रलाई सेतो चादरले ढाक्छ, जसले पर्यटकहरूलाई थप आकर्षित गर्छ।
रारा ताल, नेपालकै सबैभन्दा ठूलो तालको रूपमा चिनिन्छ। यो कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ, समुद्र सतहदेखि करिब २,९९० मिटर उचाइमा रहेको यो ताल नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो।
रारा राष्ट्रिय निकुञ्जको मुटुमा रहेको यो ताल करिब १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
रारा तालको नीलो-हरियो पानी, वरपरको हिमालले ढाकेका पहाडहरू र स्याउ, भुवा र चाँपका वनहरूले यसलाई एक स्वर्गीय दृश्य बनाउँछ। विशेष गरी जाडोको मौसममा ताल वरपरको वातावरण सफा र शान्त हुन्छ।
यो बेला हिउँले तालको वरपरको क्षेत्रलाई सेतो चादरले ढाक्छ, जसले पर्यटकहरूलाई थप आकर्षित गर्छ।
रारा ताल केवल सुन्दरताकै लागि मात्र होइन, जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण छ। यस क्षेत्रमा पाइने रारा माछा (सिफिनस मिच्रोलेपिस) मात्र यहीँ पाइएको प्रजाति हो।
साथै, यो क्षेत्र हिमाली जनावरहरू, जस्तै: रेड पाण्डा, मृग, कस्तूरी मृग आदिको लागि प्रसिद्ध छ। तालको पानी र यसको वरपरको वनजंगलले हजारौं चराहरूको बासस्थानको रूपमा समेत काम गर्छ।
रारा तालको वरपरका गाउँलेहरूको जीवनशैली, संस्कृति र परम्परा पर्यटकहरूको लागि थप आकर्षणको विषय हो। रारा तालसम्मको यात्रा रोमाञ्चक छ।
सुर्खेत हुँदै जुम्लासम्मको हवाई यात्रा र त्यसपछि घोडचढी वा पैदल यात्राले यहाँ पुग्न सकिन्छ। विभिन्न ट्रेकिङ रुटले यस क्षेत्रलाई थप रोमाञ्चक बनाउँछ।
जाडो मौसममा हिउँले रारा तालको वरपरको वातावरणलाई थप मनमोहक बनाउँछ। सेतो हिउँले ढाकिएको तालको क्षेत्र प्राकृतिक चित्रकारको उत्कृष्ट कलाजस्तो देखिन्छ।
यसबेला रारा तालको सौन्दर्यलाई क्यामेरामा कैद गर्न आउने पर्यटकहरूको भिड लाग्ने गर्छ। रारा ताल प्रकृतिप्रेमी, फोटोग्राफर, र रोमाञ्चक यात्रामा रुचि राख्ने सबैका लागि उपयुक्त गन्तव्य हो।