संसारकै सबैभन्दा चुनौतीपूर्ण र प्रतिष्ठित अल्ट्रा-ट्रेल प्रतियोगितामध्ये एक मानिन्छ। यिनै विकट मार्गहरू पार गर्दै सुनमायाले महिलातर्फ च्याम्पियन बन्नुअघि १ घण्टा ८ मिनेटभन्दा बढीको अविश्वसनीय अग्रता बनाइन्।
केही क्षणहरू खेल क्षेत्रमा केवल जितको सीमाभन्दा धेरै माथि पुगेर किंवदन्तीका रूपमा अडिन्छन्। दक्षिण अफ्रिकाको अल्ट्रा ट्रेल क्याप टाउन (Ultra Trail Cape Town -UTCT) मा जुम्लाले एउटा इतिहास निर्माण गरेको छ।
कठिन पहाडी मार्ग, तातो मौसम, चट्टानी ट्रेल र सास फुल्लाउने उकालोओरालोहरू पार गर्दै जुम्लाकी सुनमाया बुढाले आफ्नो नाम मात्र होइन, सम्पूर्ण देशको गौरवले इतिहासमा गाढा अक्षरले लेखिदिएकी छन्।
विश्व ट्रेल मेजर्स सिजनको समापनमा आयोजित यो दौड प्रतियोगिता संसारकै सबैभन्दा चुनौतीपूर्ण र प्रतिष्ठित अल्ट्रा-ट्रेल प्रतियोगितामध्ये एक मानिन्छ। यिनै विकट मार्गहरू पार गर्दै सुनमायाले महिलातर्फ च्याम्पियन बन्नुअघि १ घण्टा ८ मिनेटभन्दा बढीको अविश्वसनीय अग्रता बनाइन्।
एक यस्तो अन्तर जसले प्रतिस्पर्धाको कठोरता मात्र होइन, उनका तयारी, धैर्य र मानसिक शक्तिको असाधारण स्तरलाई पनि उजागर गर्छ।
महिलातर्फको जित हात पारेकि सुनमाया पुरुष प्रतिस्पर्धी सहित समग्रमा ८औँ स्थानमा रहेर संसारलाई देखाइदिइन्। त्यो पनि यस्तो अन्तरमा, जसले दौडको हरेक किलोमिटरमा उनका कदम कति शक्तिशाली थिए भन्ने कुराको प्रमाण दियो।
उनका समर्थक तथा प्रायोजकहरू सधैं भन्छन्, ‘सुनमाया कहिल्यै हार मान्दिनन्।’ यो वाक्य यो विजयसँगै अझ स्पष्टरूपमा अर्थपूर्ण बनेको छ।
केप टाउनका उकालाहरूमा कहिले घुँडामा पीडा बढ्थ्यो, कहिले शरीरले आह्वान गर्छ, ‘बस्, अब धेरै भयो।’ तर सुनमायाले शरीरका सीमाभन्दा मनको क्षमतामा विश्वास गरिन्। यसले नै उनलाई सबैभन्दा कठिन घडीमा बलियो बनायो।
जुम्लाको पातारासी गाउँपालिकाको सिरानमा जन्मेकी सुनमायाको जीवन कहिल्यै सजिलो थिएन। बाल्यकालदेखि नै कठिनाइका बीच काम, घर र जिम्मेवारीसँगै बिताएकी समयले उनलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि अडिग बनायो।
यही जीवन अनुभव र अभावयुक्त परिस्थितिमा विकसित भएको सहनशीलताले आज विश्वका अपठ्यारा ट्रेलहरूमा पनि उनको कदम स्थिर र दृढ रहन्छ।
उनी दौडिँदिनन् मात्रै आफूलाई पार गर्दै अर्को आयाममा प्रवेश गर्छिन्। यो विजय उपाधिमा सिमित नभई कथा बनेको छ।
जसमा एक जुम्ली महिला, सानो गाउँबाट उठेर, विश्वका सबभन्दा कठिन मैदानमा उभिँदै, आफ्नो सीमालाई पनि पछाडि छाड्दै अघि बढ्छे।
उनी अल्ट्रा ट्रेल क्याप टाउनको दौड भविष्यका धावकका लागि प्रेरणाको स्रोत बन्नेछ। यो विजयले लगन, अनुशासन, र दृढताले कुनै पनि मैदान जित्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ।
सुनमायाले इतिहास बनाएर मात्र रोकिएकी छैनन्। उनले विश्वलाई सम्झाइदिगकी छन् कि हिम्मतले अगाडि बढ्दा पहाडहरू पनि झुक्छन्।














