जुम्लाको गिडीदहमा जलाशययुक्त विद्युत् परियोजना निर्माणबारे बृहत अन्तरक्रिया

५० मेगावाट विद्युत्को सम्भावनासँगै जुम्लामा आम्दानी, रोजगारी र नयाँ आर्थिक गतिविधिको अपेक्षा; तर स्थानीयको प्रश्न छ, प्राकृतिक सम्पदा, खानेपानी र प्रभावित समुदायको अधिकार जोगाएर आयोजना कसरी बनाउने ? जुम्लाको परिचय लामो समयदेखि स्याउ, मार्सी धान, जडीबुटी, हिमाली संस्कृति र प्राकृतिक सौन्दर्यसँग जोडिएको छ। पछिल्ला वर्षहरूमा पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा पनि विस्तारै चिनिन थालेको छ। […]




