तातोपानीमा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन जाममा

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित कर्णाली राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकमा ढुंगा तथा माटोसहितको सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग भएर आवतजावत गर्ने ठूला सवारीसाधनहरू जाममा परेका छन्। पहिरोका कारण यात्रु तथा सवारीचालकहरू समेत प्रभावित भएका छन्। अवरुद्ध सडक खुलाउन प्रहरी, ट्राफिक प्रहरी र यात्रुहरू घटनास्थलमै जुटेका छन्। सडकमा खसेका ठूला–साना ढुंगा तथा […]
जुम्लाको गिडीदहमा जलाशययुक्त विद्युत् परियोजना निर्माणबारे बृहत अन्तरक्रिया

५० मेगावाट विद्युत्को सम्भावनासँगै जुम्लामा आम्दानी, रोजगारी र नयाँ आर्थिक गतिविधिको अपेक्षा; तर स्थानीयको प्रश्न छ, प्राकृतिक सम्पदा, खानेपानी र प्रभावित समुदायको अधिकार जोगाएर आयोजना कसरी बनाउने ? जुम्लाको परिचय लामो समयदेखि स्याउ, मार्सी धान, जडीबुटी, हिमाली संस्कृति र प्राकृतिक सौन्दर्यसँग जोडिएको छ। पछिल्ला वर्षहरूमा पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा पनि विस्तारै चिनिन थालेको छ। […]





