झुप्राखोलामा पौडी खेल्ने क्रममा युवाको डुबेर मृत्यु

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ। मंगलबार राति करिब ९ बजे झुप्राखोला निवासी लालबहादुर ठाडा मगरका अन्दाजी २० वर्षीय छोरा मनोज ठाडा मगर पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए। डुबेर गम्भीर घाइते भएका उनलाई उनका बुवाले उपचारका लागि राति ११ः४५ बजे कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत […]
धादिङ जहाँ मनसँगै ग्यालरी पनि भरियो (फोटो कथा)

धादिङ जिल्ला प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर भूगोल हो। यहाँको यात्रा केवल एउटा भ्रमण मात्र नभएर नेपाली ग्रामीण जीवनको जीवन्त उत्सव महसुस गर्ने अवसर पनि हो। ‘ मिलेको बस्ती र कसिलो समाज’ को नारालाई यहाँका दृश्य र मानिसहरूको आत्मीयताले पूर्ण रूपमा न्याय गरेका छन्।यहाँको ग्रामीण जनजीवन अझै पनि आफ्नो मौलिक जगमा अडेको […]
पोखरामा महेन्द्र अतलको ‘अतलको यात्रा’ र गजल संग्रह “दुई” को लोकार्पण हुने

कुटीरो डटकमको प्रस्तुतिमा लसाहित्यकार तथा गजलकार महेन्द्र अतलको विशेष साहित्यिक अभियान ‘अतलको यात्रा’ को सातौँ शृङ्खला (सातौँ बास) पर्यटकीय र साहित्यिक नगरी पोखरामा आयोजना हुने भएको छ। यसै उक्त विशेष समारोहका बीच फित्कौली मिडियाले प्रकाशन गरेकोगजलकार अतलको नयाँ गजल संग्रह “दुई” को समेत औपचारिक रूपमा लोकार्पण (विमोचन) गरिने छ। गजलकार अतलका अनुसार उक्त कार्यक्रम आगामी […]
राजेश विश्वकर्मा अभिनित बदलिँदो मनको पीडा बोकेको ‘विश्वास छैन प्रिय तिम्रो’ सार्वजनिक

गीतमा नेपाली साहित्यको कालजयी प्रेमकथा ‘मुना–मदन’ को सन्दर्भ पनि जोडिएको छ। ‘मुना–मदन जस्तो प्रेम खोज्ने’ चाहना र वर्तमान समयमा त्यस्तो निष्ठावान सम्बन्धको अभावबीचको तुलना गीतको अर्को महत्वपूर्ण पक्ष हो। जुम्लाको प्राकृतिक सौन्दर्य र प्रेम–विरहको गहिरो भावनालाई एकसाथ समेटेर निर्माण गरिएको म्युजिक भिडियो ‘विश्वास छैन प्रिय’ यतिबेला दर्शकमाझ चर्चामा छ। प्रेममा उत्पन्न हुने अविश्वास, धोका र […]


