रास्वपा जुम्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, नेतृत्वमा मक्कर भण्डारीको निरन्तरता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएका छन्। यस्तै, समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएका छन्। अधिवेशनले निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन […]
कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित

कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन्। कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन मगर तथा […]
भेरीगंगामा ईभी गाडी दुर्घटना: ५ जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ पाडुलेस्थित सुर्खेत–छिन्चु सडकखण्डमा शुक्रबार साँझ ईभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ जेठ २४ गते साँझ करिब ६ बजे सुर्खेतबाट छिन्चुतर्फ जाँदै गरेको भे.१ ज. १७८६ नम्बरको ईभी गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल […]
पचालझरनामा विपद् प्रभावित परिवारलाई आईएनएफ नेपालको राहत वितरण

पचालझरना गाउँपालिकाको समन्वय तथा आईएनएफ नेपालको सहयोगमा विपद् प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ। राहत वितरण कार्यक्रम २०८३ साल जेठ १३ गते सम्पन्न भएको हो। कार्यक्रममा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समिति सम्पर्क व्यक्ति, आईएनएफ नेपाल कालिकोट शाखाका कर्मचारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राहत सामग्री गाउँपालिका अध्यक्ष […]
संगितलाई जागिरसँगसँगै लिने योजना छ

कार्यक्रम सिंहावलोकनको विशेष शृंखलामा गएको हप्ता युटुबमा रिलिज भएको गीत ‘कर्णाली तिर’ का गायत कथा कलाकार अर्जुन सुनार हुनुहुन्छ। उहाँको गीत ‘कर्णाली तिर’ले कर्णालीका पिर व्यथाहरूलाई समेटेको छ। कर्णालीतिर खुब रुचाइएको गीतका गायक सुनारसँग कार्यक्रम सिंहावलोकामा महेश नेपालीले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ। अर्जुन जी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद !निकै कर्णप्रिय […]
सहकारीका कर्मचारीः न तलब पाए न कोषको रकम, बचतकर्ताबाट भागीभागी हिँड्छन् !

अन्तिममा बिचल्लीमा चाँहि कर्मचारी परे । कसरी भन्नुपर्दा एकातिर बचतकर्ताले लखेट्ने, अर्कोतिर आफ्नै पैसा डुबेको छ । कर्मचारीहरुले आफ्नो तलब सोही सहकारीमा राखेका थिए । सात वर्षअघि देशभरिका वित्तिय संस्था (सहकारी, लघुवित्त, फाइनान्स) मा दिनहुँ करोडौं–अर्बौको कारोबार हुन्थ्यो । यी वित्तिय संस्था बैंकजस्तै हुन्थ्यो । कार्यालयका फर्निचर, कर्मचारीदेखि सञ्चालनसम्मको तरिका हुबहु बैंकको हुन्थ्यो । वित्तिय […]