शुक्रबार, १५ जेष्ठ, २०८३

मध्यपहाडी राजमार्गको बिनायकमा जीप दुर्घटना : चालकसहित पाँच जना घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड क्षेत्रमा बिहीबार साँझ जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको हो। प्रहरीका अनुसार साँझ करिब ६ः५० बजेतिर भएको दुर्घटनामा जीप सडकबाट करिब २०० […]

तुर्माखाँद गाउँपालिकामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै ३२८ जना लाभान्वित

अछामको तुर्माखाँद गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सयौँ स्थानीय नागरिक लाभान्वित भएका छन्। दुर्गम भेगका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा पहिलो दिनमै ३२८ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको आयोजनामा तथा विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन भएको शिविरमा फिजिसियन, स्त्रीरोग, दन्त, छाला, आँखा लगायतका विभिन्न […]

​गणतन्त्रले पनि विभेदलाई निरन्तरता दिने हो?

मानिसले अझै पनि जातका आधारमा मान्छे छुट्याउँछन्, धर्मका आधारमा घृणा फैलाउँछन् र वर्गीय अहंकार देखाउँछन् भने, त्यसलाई साँचो गणतन्त्र कसरी मान्ने? ​नेपालमा राजतन्त्रको अन्त्य भई गणतान्त्रिक व्यवस्था स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ। २०६५ सालमा जनताको लामो संघर्ष र हजारौँ नागरिकको बलिदानबाट देशमा गणतन्त्र त आयो, तर जुन आशा र भरोसाका साथ नेपाली […]

सिंजामा अस्पताल बनाउने र बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका काम अब हाम्रा प्राथमिकता हुन

मान्छेहरूले मलाई राजनीतिक रूपमा कमजोर बनाउन ‘धितालहरू जति सबै यसैले ल्यायो’ भनी थरसँग जोडेर प्रचार गरे। तर, यस्ता मिथ्या आरोपहरू लामो समय टिक्दैनन्। सिंहमर्मरलाई हिलो छ्याप्दैमा त्यो फोहोर हुँदैन, वर्षाको पानीले पखालिहाल्छ। अहिले जनताले वास्तविकता बुझिसकेका छन्। सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल बाैद्धिक नेतामा पर्छन्। काम गर्ने तीव्र इच्छाशक्ति भएका उनी मावि द्वितीय तहकाे शिक्षकबाट […]

लेनदेन मुद्दाका फरार प्रतिवादी जुम्लाबाट पक्राउ

लेनदेन मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जुम्ला प्रहरीले पक्राउ गरेको छ। ०८३ साल जेठ १४ गते बिहान जिल्ला प्रहरी कार्यालय मार्तडी, बाजुराबाट प्राप्त पत्रका आधारमा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चिरञ्जीवी दाहालले जानकारी दिए उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ निवासी परेगलाल विष्टका छोरा अन्दाजी ४३ वर्षीय नरजंग विष्ट र […]

जुम्लामा दुई मोटरसाइकल चोरी प्रकरणमा एक जना पक्राउ

जुम्ला सदरमुकाम क्षेत्रमा दुई वटा मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जेठ १४ गते राति जुम्ला बजारबाट दुई वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये एउटा मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले चन्दननाथ नगरपालिका–१ तलिचौर गाउँस्थित डोल्पा जाने सडकखण्डबाट एक जनालाई रंगेहात पक्राउ गरेको हो। पक्राउ […]

ताजा समाचार