जुम्लाको हिमा गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

जुम्लाको हिमा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा कालिकाखेतमा आयोजित विशेष कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो। गाउँपालिकाका सातै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने १३ प्रकारका सबै खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा […]
चन्दननाथ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्लाको चन्दननाथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो। बुधबार नगरपालिकाको परिसरमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतका अनुसार नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा […]
जुम्लामा अवैध जडीबुटी नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि दबाब

जुम्लाको गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोट क्षेत्रमा अवैध रूपमा संकलन गरिएको जडीबुटी ओसारपसार रोक्न पुगेका प्रहरी र वन कर्मचारीमाथि दबाब तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। बुधबार राति करिब १२ बजेतिर उक्त घटना भएको बताइएको छ। स्थानीयबासीका अनुसार जंगलमा पाइने झ्याउ प्रजातिको जडीबुटी आवश्यक पुर्जीबिना दुई वटा ट्रकमार्फत करिब ७० क्विन्टल ढुवानी भइरहेको सूचना पटकपटक प्रहरीलाई […]
सुर्खेतमा जुवा खेल्दै गरेका ८ जना पक्राउ, ९५ हजार नगद बरामद

सुर्खेतको विरेन्द्रनगरपालिका–७ फुलबारी टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी अम्बरजंग बुढाथापाका अनुसार २०८३ वैशाख ३० गते राति करिब ९:१५ बजे जनक रोकायको घरमा हारजित हुने गरी नगद राखेर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त […]
चन्दननाथ नगरपालिकालाई जुगाड खोला सरसफाइ अभियानको ध्यानाकर्षण

जुम्लाको चन्दननाथ नगरपालिकामा बढ्दो वातावरणीय प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन र सार्वजनिक सडक अतिक्रमणबारे ‘जुगाड खोला सरसफाइ अभियान, जुम्ला’ले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। अभियानले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै बजार क्षेत्रको फोहोर व्यवस्थापन प्रभावकारी नभएको, पसल अगाडि सामान राखेर सडक तथा गल्ली अतिक्रमण गरिएको, र नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणमा नकारात्मक असर पारेको जनाएको छ। […]
दुई दिने बिदाले कर्मचारीलाई झनै मोज, जनतालाई सास्ती !

पहिला शनिबारमात्र पर्यटकीय स्थल, मनोरञ्जनस्थल, फिल्म हलहरुमा भीड हुन्थ्यो । दुई दिने बिदा निर्णय लागू भएसँगै आइतबार पनि त्यस्ता ठाउँमा लर्को लाग्न थालेको छ । सरकार चाँहि पेट्रोलको खपत घटाउन भन्दै बिदा दिने, कर्मचारीहरु घुसफिर गर्ने । अनि जनता सेवाका निम्ति बाक्लो लाइनमा बस्नुपर्ने । पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै केही समयअघिको क्याबिनेट बैठकले आइतबार […]
संविधान संशोधन कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवालाई नबोलाइएपछि प्रश्न

संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ। विशेषगरी युवा पुस्तामाझ वैकल्पिक राजनीतिक बहस र सामाजिक मुद्दामा सक्रिय रूपमा देखिएका रक्षा बम, रवि किरण हमाल र मिराज ढुङ्गानालाई समेत बैठकमा सहभागी नगराइएको विषयले बहस तातेको हो। नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने युवाहरूलाई बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया देखिएको छ। युवा अधिकार, सुशासन, सामाजिक न्याय, डिजिटल स्वतन्त्रता र पुस्तान्तरणको बहस उठाउँदै आएका जेन्जी आन्दोलनका अगुवाहरूलाई संविधान संशोधन जस्तो महत्वपूर्ण प्रक्रियाबाट बाहिर राखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी भइरहेको छ। आलोचकहरूले संविधान संशोधन केवल राजनीतिक शक्तिहरूको विषय नभई भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय एजेण्डा भएकाले युवाको प्रत्यक्ष सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन्। संविधान संशोधन कार्यदलले भने विभिन्न क्षेत्रसँग चरणबद्ध संवाद भइरहेको जनाएको छ। तर हालसम्म रक्षा बम, रवि किरण हमाल र मिराज ढुङ्गानासहित जेन्जी आन्दोलनका प्रतिनिधिलाई औपचारिक निमन्त्रणा नदिइएको विषय सार्वजनिक भएपछि यसको समावेशिता र प्रतिनिधित्वमाथि प्रश्न उठ्न थालेको छ। जेनजी आन्दोलनको अगुवाई गरेका रवि किरण हमाल र मिराज ढुंगानाले संविधान पुनर्लेखनको मुद्दा जबरजस्त उठाएका थिए।





