सुर्खेतको विरेन्द्रनगरपालिका–७ फुलबारी टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी अम्बरजंग बुढाथापाका अनुसार २०८३ वैशाख ३० गते राति करिब ९:१५ बजे जनक रोकायको घरमा हारजित हुने गरी नगद राखेर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले छापा मारेको थियो।
प्रहरीले घटनास्थलबाट नगद रु. ९५ हजार १६६, तासका ६ गड्डी र ९ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिजा गाउँपालिका, जुम्लाका मनबहादुर बुढा, लक्ष्मण रोकाय, लालबहादुर बुढा, लङ्कबहादुर बुढा, गम्भीर रावत, विष्णु बुढा, हरिबहादुर रोकाय तथा घरधनी जनक रोकाय रहेका छन्।
उनीहरूमाथि जुवा खेलेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















