बिहीबार, ३१ बैशाख, २०८३

जुम्लामा अवैध जडीबुटी नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि दबाब

जुम्लाको गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोट क्षेत्रमा अवैध रूपमा संकलन गरिएको जडीबुटी ओसारपसार रोक्न पुगेका प्रहरी र वन कर्मचारीमाथि दबाब तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। बुधबार राति करिब १२ बजेतिर उक्त घटना भएको बताइएको छ।

स्थानीयबासीका अनुसार जंगलमा पाइने झ्याउ प्रजातिको जडीबुटी आवश्यक पुर्जीबिना दुई वटा ट्रकमार्फत करिब ७० क्विन्टल ढुवानी भइरहेको सूचना पटकपटक प्रहरीलाई दिइएको थियो। सोही सूचनाका आधारमा प्रहरी र वन कार्यालयको संयुक्त टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेपछि सुरक्षाकर्मी र वन कर्मचारीलाई आर्थिक प्रलोभन देखाउँदै प्रभावमा पार्ने प्रयास गरिएको र पछि “सरुवा गराइदिन्छु” भन्ने धम्कीपूर्ण अभिव्यक्ति समेत प्रयोग गरिएको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबु रेग्मीका अनुसार नियन्त्रणमा लिइएको झ्याउ बिहीबार बिहान जिल्ला वन कार्यालयमा बुझाइएको छ।

जडीबुटी संकलनमा संलग्न पक्षले भने आफूहरूसँग डोल्पाबाट जारी गरिएको वैधानिक पुर्जी रहेको दाबी गरेका छन्।

जिल्ला वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाका अनुसार ट्रक चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ। ट्रकहरू ठूला भएकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा राख्ने तयारी गरिएको छ।

उनका अनुसार मुद्दा जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतसम्म पुगेको छ। जिल्ला अदालतले जंगली झ्याउ तथा जडीबुटीको नापतौल गर्न आदेश दिएको र घटनाबारे थप अनुसन्धान कडाइका साथ अघि बढाइएको उनले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार