सञ्चारमन्त्री जगदीश खरेलले दिए राजिनामा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पोखराबाट पक्राउ गरिएको छ । उनी पोखरामा एक कार्यक्रममा सहभागी भएकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो […]
नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले पाए टिकट

नेपाली काङ्ग्रेस जुम्लाबाट दिप बहादुर शाहीले प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका छन्। पार्टीले उम्मेदवार चयन गर्ने क्रममा काङ्ग्रेसले दिप बहादुर शाहीलाई चयन गरेको हो। नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले जितेपछि केही विवाद आउदा निर्वाचन आयोगले आधिकारिक रुपमा गगन पक्षलाई आधिकारिक मान्यता दिएको थियो। तर नेपाली काँग्रेस जुम्लाको सिफारिसमा यस अघि सबै जना […]
ज्ञानेन्द्र शाही सुर्खेत क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्का

जुम्लाका ज्ञानेन्द्र शाही सुर्खेतबाट चुनाव लड्ने भएका छन्। सुर्खेत क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभा सदस्यको लागि राप्रपाबाट प्रत्यक्ष तर्फबाट चुनाव लड्ने भएका हुन। कुटीरो डटकमसँग कुरा गर्दै शाहीले आफू जुम्लाबाट नभई सुर्खेत क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्का भएको बताएका छन्। शाही तत्कालीन प्रतिनिधि सभाका सदस्य समेत हुन्।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनले रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा मन्त्री पदबाट राजिनामा दिएका हुन्। उनले अब चुनावका लागि आफू होमिने बताएका छन् । गुप्ता जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
सबै दलको टिकट फिक्स भइसक्दा काँग्रेस अझै अनिर्णित

जुम्लामा सबै दलको टिकट फिक्स भइसक्दा पनि नेपाली काँग्रेस अझै पनि अनिर्णित बनेको छ। काङ्ग्रेस जुम्लाको लागि आसन्न फागुन २१ को लागि को उम्मेदवार बन्छ भन्ने अझै टुङ्गो लागेको छैन्।जिल्लाका सबै राजनीतिक दलले आफ्नो उम्मेदवार टुङ्गो लगाई सक्दा पनि काङ्ग्रेसको उम्मेदवारको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन्। जुम्ला अन्य दल नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट विनिता कठायत […]
कर्णालीलाई विश्वसामु चिनाउन मेरो उम्मेदवारी: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेष विरुद्धमा नभई कर्णालीको आवाज दबाउनेहरूको विरुद्धमा भएको बताएका छन्। आसन्न निर्वाचनको सन्दर्भमा आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले चुनाव जितेर संसदमा पुगेपछि पनि कर्णालीको मुद्दा नउठाउने प्रवृत्तिको आलोचना गरिरहने बताएका हुन्। ‘मेरो उम्मेदवारी कुनै पार्टीका विरुद्ध होइन, कुनै दलका […]




