खस जातिको अर्को विशेषता कुल पजा वा अन्य कुनै पनि पुजामा धामी, झाँक्री वा डाङ्गेलाई पतुर्न लगाई उसले भने बमोजिम पुजा विधि अपनाउने चलन हो । धामीको उत्पत्ति अवतारवादमा आधाति छ ।
५. खस संस्कृतिको विकास
(१) प्रकृति पुजक संस्कृति
सस्ंकृतिलाई अङ्गेजीमा ’कल्चर’ अगतिगचभ भनिन्छ । यो शब्दको उत्पत्ति लेटिन भाषाको ’कलतुरा’ अगतिगचब बाट भएको मानिन्छ । मध्ययुगमा कृषिमा आधारित अर्थ व्यवस्था भएकाले कृषि उत्पादनको वृद्धिका लागि अनेक उपाय अपनाइन्थ्यो । त्यतिखरे जमिनलाई उर्वरशील बनाउनु (cultivation of soif) लाई ल्याटिन भाषामा अगतिगचब भनिन्थ्यो जसको अर्थ ’खेती गर्ने तयारी’ भन्ने हुन्छ । मानिसहरूले घुमन्ते जीवन छाडेर पशुपालन कृषि युगमा प्रवेश गरेपछि कृषिको विकासका लागि अनेक उपाय अपनाउन थाले । खेतीपातीका लागि मौसमको पनि ज्ञान हुनु पर्ने बाध्यता थियो तर प्राकृतिक नियम बारे प्रष्ट ज्ञानको अभावले गर्दा मानिसहरू अन्योलमा थिए । त्यसकाण तिनीहरूले त्यसलाई दैवी शक्ति मान्न थाले प्रकृतिको पुजा गर्न थाले ।
समाज विकासको क्रममा मानिसहरू कृषि युगमा प्रवेश गरेपछि कबिला युग समाप्त भयो । खेतीपाती गर्नका लागि ठुलो जनशक्ति चाहिने हुनाले विभिन्न कबिलाहरू आपसमा मिले काम गर्न आवश्यक थियो । कबिला (tribe) भनेको कुनै निश्चित भूभागमा एउटा मुखियाको नेतृत्वमा रहेको एकै रक्त समूह, एकै प्रकारको भाषा, परम्परा धर्म भएको मानव समूह हो (tribe, ibid) । कृषि युगको प्रारम्भमा थुपै कबिलाहरू थिए । कृषि युगको प्रारम्भमा जमिनको अभाव थिएन । मानिसहरूको साझा व्यवसाय खेती गर्दा आवश्यक पर्ने नयाँ नयाँ प्रविधिको ज्ञान सीप सिक्नका लागि विचारको आदानप्रदान गर्नु पर्दथ्यो । त्यसकारण विभिन्न कबिलाहरूको बीचमा साझा भाषाको विकास भयो ।
अलगअलग भाषा रहनसहन भएका ती कबिलाहरूलाई एकै प्रकारको नीति नियममा राख्नका लागि शासन संयन्त्रको विकास भयो जसलाई राज्य भनियो । एकै प्रकारको भाषा, आर्थिक क्रियाकलाप, संस्कार परम्परा भएका एकै थलामा बस्ने मानिसहरूको मनोविज्ञान पनि एकै प्रकारको हुने हुनाले त्यस्तो मानव समूहको एउटै किसिमको संस्कृति बन्न गयो । एउटै किसिमको सघनता भएको त्यस्तो भौगोलिक क्षेत्रलाई ’राष्ट्र’ भनरे संज्ञा दिइयो । त्यसपछि एउटा क्षेत्रमा बस्ने मानिसले अर्को क्षेत्रमा बस्ने मानिसलाई त्यही क्षेत्री नामबाट चिन्न थाल्यो । कालान्तरमा त्यो नाम उनीहरूको पहिचान बन्न गयो,जसलाई ’जाति’ भनियो ।
हिमवत्खण्डमा विभिन्न समयमा अनेक थरी कबिलाका मानिसहरू आएर बसेका थिए । स्थायी बसोबास शुरु भएपछि कृषिमा निभर्र अर्थ व्यवस्था अपनाएपछि एक कविलाले अर्को कबिलासँग सम्पर्क गर्न थाले जसका लागि साझा भाषाको आवश्यकता पर्यो र ’खस’ भाषाको विकास भयो । एकै थलामा बस्ने एकै प्रकारको आर्थिक क्रियाकलाप गर्ने भएपछि ती सबै कबिलाको एउटै संस्कृति बन्न गयो जसलाई ’खस संस्कृति’ भनियो ।
एउटै संस्कृति भएको मानव समूहलाई एउटै जातिको रूपमा चिनिने भएकाले यो समूह ’खस जाति’ भनरे परिचित हुन थाल्यो । खस जातिले पनि स्थायी बसोबास शुरू गरेपछि पशुपालन कृषि पेशा अपनाए । त्यसपछि खेतीपाती गर्ने तयारी गर्दा पशुलाई नयाँ संरचनमा लैजाँदा आफ्नो पशुको सरंक्षण होस खेतीपाती र्सिर्पयोस भनेर दैवी शक्तिको रूपमा रहेका भूमि, जल वायुको पुजा गर्न थाल्यो । यो जातिले पशुको रक्षाका लागि मण्डली तथा खेतीपाती सर्पियोस भनेर भूमे देउरालीको पुजा गर्न थाल्यो । यी पुजाहरू वर्षको दुइपटक उँभौली उँधौली भनेर गर्न थालियो । वैशाख जेठतिर बेंसीमा खेती गरिने भएकाले पशुलाई लेकतिर लगिन्थ्यो ।
नयाँ ठाउँमा गोठ सार्दा पशुलाई कुनै रोग नलागोस भनी त्यहाँका मण्डली, गैडुको पुजा गन्थ्यिो भने खेति सर्पियोस भनरे भुमे र देउालीको पुजा गरिन्थ्यो जसलाई उँभौली भनिन्थ्यो । त्यस्तै कार्तिक–मंसिरमा बाली पाकेपछि गोठ लेकबाट बेंसीमा झारिन्थ्यो त्यहाँ पनि मण्डली, गैडु, भुमे देउरालीको पुजा गरिन्थ्यो जसलाई उँधौली भनिन्थ्यो । खेतीपातीको याममा रोगब्याधी नलागोस भनेर लुतो फाल्ने, धान रोपाइँ सकेपछि हदेलो गर्ने, धान पाकेपछि न्वागी गर्ने जस्ता कृषिसित सम्बन्धित चाडपर्वहरू पनि खस जातिले मनाउने गरेको पाइन्छ (बानियाँ क्षत्री, २०६३ पृ. ६५–६६) ।
(२) खस जातिको कुल पूजा
खस जातिमा पाइने सबैभन्दा महत्वपूर्ण विशेषता आफ्नो कुलको रक्षाका लागि इष्ट देवताको रूपमा ’मस्टो वा भगवती’ लाई मान्ने परम्परा हो । कुलपजा भनेको मस्टो देवताको उपासना हो । मस्टो देवतालाई खस जातिले आदिदेवका रूपमा मान्दै आएका हुन । कुल पुजा बलि दिएर वा शाकाहारी रूपमा धुमधामसाथ मनाइन्छ । यी देवतालाई वेद परुाणले ग्रहण गरेका छैनन् । त्यसकाण खस जाति अनार्य भएको वैदिक सभ्यताको विकास हुनु पूर्व नै यो जातिले मस्टोलाई कुल देवताको रूपमा मान्ने परम्पराको विकास गरिसकेको देखिन्छ । मस्टो देवताको रूप वा आकार हुँदैन ।
साथै वैदिक सभ्यतामा यी देवताको उल्लेख नभएकाले हिन्दुहरू मस्टोलाई कतै बायु देवताको रूपमा ’मरुत्’ मान्न पुग्छन भने कतै महादेवकै अर्को ’भैरव’ रूप मान्न पुग्छन । खस जातिको बसोबास भएका सबै बस्तीमा कुल देवताका थान हुन्छन जसलाई ’मस्टो माडौं’ भनिन्छ । ती थान खुल्ला आकाशमुनि ठुलो रुखको फेदमा बनाइएको हुन्छ (अधिकारी, २०६८, पृ.५९–६४) । खस जातिको मुख्य पहिचान मस्टो पुजा गर्ने प्रचलन हो । खस जातिले यो चलन हिन्दुकुश क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिल्यैदेखि मान्दै आएको हो भन्ने विद्वानहरूको भनाइ छ । यस बारेमा भाषाविद् बालकृष्ण पोखेलको भनाइ यस्तो छ:
“खस जातिले हिन्दुकुश पश्चिमबाट नेपालमा ल्याएका उपासना मध्ये अन्तर्वेदी (मेसोपोटामिया) सित सम्बन्धित दुइ उपासना हुन बाबिरो मस्टो र बान्नी मस्टो । बाबिरो मस्टो बेबिलोनको मार्डुक (मरुत) हुनुपर्छ किनभने बाबिरो शब्द संस्कृत वावेरुबाट आएको हो, जसको अर्थ हुन्छ बेबिलोन। । ठीक त्यसैगरी बान्नी मस्टो अहुरमज्दा (असुरमस्त) को हिमाली अवशेष पतीत हुन्छ किनभने केही असुर सम्राट (बानीपाल) ले आफूलाई बानी नामक पाल (भगवान) को नामबाट विभूषित गरेको पाइएको छ । मस्टो उपासनाको खापर शाखा प्राचीन वाजसनेय उपासनाको अवशेष प्रतीत हुन्छ । मस्टो उपासनाको लाामो अध्ययन भइसकेको छैन, तापनि नेपाली खसहरूको एक विशिष्ट धर्मको रूपमा मस्टो उपासनालाई स्वीकार गर्न सकिन्छ ।“ (पोखेल, २०५५पृ. ६३७) ।
खस जातिको अर्को विशेषता कुल पजा वा अन्य कुनै पनि पुजामा धामी, झाँक्री वा डाङ्गेलाई पतुर्न लगाई उसले भने बमोजिम पुजा विधि अपनाउने चलन हो । धामीको उत्पत्ति अवतारवादमा आधाति छ । पुरानो धामी मरेमा उसैको खलक(सन्तान)मा नयाँ धामीको आगमनका लागि कैयौं रात देवता बोलाउने विधि अपनाइन्थ्यो । खस समाजमा कसैलाई कुनै प्रकारको रोग लाग्यो भने धामीलाई निउतारो गरेर हेराउने प्रचलन अहिले पनि छ (Sharma, २००६ पृ. १०९) ।
(३) खस संस्कृतिमा धर्मको प्रभाव
समाजको विकाससँगै संस्कृति पनि परिष्कृत, रूपान्तरित, विकसित हुँदै जान्छ । सस्ंकृतिको विकासमा पर्यावरणको गहिरो प्रभाव परेको हुन्छ । सृष्टिको शुरुमा सबै मानिसहरू प्रकृतिप्रेमी थिए । उनीहरूले प्रकृतिलाई अनेक नामबाट पुजा गर्दथे । समाजको विकाससँगै विभिन्न किसिमका धर्म रीतिरिवाजको पनि विकास भयो । खस जाति पनि पहिले प्रकृति पुजक मात्र थियो । यो जातिले जव खारी प्रदेशमा आफ्नो राज्य स्थापना गर्यो त्यतिखेर त्यहाँका बुद्ध धर्मावलम्बीको सङ्गतबाट बोन सम्प्रदायको बुद्ध धर्म अपनाउन पुग्यो । खसहरूले नेपालको कर्णाली प्रदेशमा आफ्नो राज्य स्थापना गरेपछि बौद्ध धर्मको विकास सरंक्षणका लागि विभिन्न किसिमका कार्यहरू गरेको पाइन्छ ।
खसहरू बुद्ध धर्मका उपासक थिए भन्ने कुरा त्यतिखरेका विभिन्न अभिलेखका शिलामा कुँदिएका ‘ओम मणि पदमे हुम्’ भन्ने वाक्यांशले पुष्टि गर्दछन । खस राजा अशोक चल्लको समयमा बनेको सुर्खेतको काँर्के विहारमा यस जातिको बुद्ध धर्मप्रतिको आस्थाको प्रतीक हो (अधिकारी, २०५३ पृ. ४४–९५) । खस राजाहरू आदित्य मल्ल पुण्य मल्लले नेपाल मण्डलमा आक्रमण गर्न जाँदा बाटामा पर्ने गोखाको ताघवाइ गुम्बामा सैनिकहरूले कुनै किसिमको क्षति नपुर्याउनु भनी गुम्बाको सुरक्षा व्यवस्था गरिदिएका थिए (खनाल, २०३० पृ. १–१३) ।
खस वंशमा आदित्य मल्लपछि खस राज्यको राजा हुनुपर्ने उनका छोरा कल्याण मल्लको निधन भइसकेकाले राजा हुने पालो उनका नाति प्रताप मल्लको थियो तर प्रताप मल्लले राजपाटको काममा दिलचस्पी नदिएर बौद्ध भिक्षु बनेका थिए । त्यसकाण आदित्य मल्लले पालवंशका आफ्ना जुवाई पुण्य पाललाई राजगद्दीको उत्ताधिकारी घोषित गरेका थिए (अधिकारी, २०५३ पृ. ३२–३५) । यी उदाहरणहरूले खस जातिमा बौद्ध धर्मको ज्यादै प्रभाव परेको पुष्टि गर्दछन् । तर, बाह्रौं शताब्दीपछि हिन्दु धर्म र वर्ण व्यवस्थाले खस समाजमा प्रभाव जमाउन थाल्यो । खस राजाहरू, विशेषतः बाईसी–चौबीसी राज्यकालमा, हिन्दु धर्म र वर्ण व्यवस्थालाई प्रोत्साहन गर्न थाले । हिन्दु धर्मका गुरु र पुरोहितहरूले संस्कृत ग्रन्थको सहायताले आफ्नो धर्म प्रचार गर्न थालेपछि खस संस्कृतिमा परिवर्तन आयो । यसबाट धामी–झाँक्रीको परम्परागत महत्व घट्दै गयो र पुरोहितहरूको प्रभाव बढ्यो ।
पन्ध्रौं शताब्दीपछि खस शासकहरूले आफूलाई उच्च जातिको ठकुरी तथा राजपुत वंशका रूपमा प्रस्तुत गर्न थाले। यसरी हिन्दू धर्म र वर्ण व्यवस्थाको प्रभावले खस जातिको मौलिक धार्मिक–सांस्कृतिक पहिचान ओझेलमा पर्दै गयो । परिणामस्वरूप, खस समाजमा हिन्दु देवी–देवताहरूको पूजा, जात प्रथा, चाडपर्व र कर्मकाण्डीय संस्कारहरू प्रचलनमा आए ।
६. निष्कर्ष
खस जातिको इतिहासलाई अध्ययन गर्दा स्पष्ट हुन्छ कि कुनै पनि जाति वा समुदायको पहिचान समयानुसार बदलिन्छ र नयाँ परिस्थितिअनुसार परिमार्जित हुँदै जान्छ । खस जातिक प्रारम्भमा आफ्नो पहिचान अनार्य वा ब्रात्यको रूपमा बनाएक भए पनि कालान्तरमा आफ्नो सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक परिपक्वतासँगै खस–आर्य पहिचान स्थापित गरेको देखिन्छ । खस जातिले बौद्ध र हिन्दू धार्मिक प्रभावबाट आफ्नो संस्कारलाई परिष्कृत गर्दै आफ्नै मौलिक संस्कृति र भाषा विकास गरेको छ ।
यो समुदायले कृषि, पशुपालन तथा युद्धकला जस्ता क्षेत्रहरूमा दक्षता हासिल गर्दै उच्च सांस्कृतिक विकासको चरणमा प्रवेश गरेको थियो । हिन्दु वर्ण व्यवस्था अपनाएपछि खस जातिमा नयाँ सामाजिक संरचना देखा पर्यो जसले जातीय विभाजन र पदानुक्रमको सुरुवात गर्यो । तर, यो परिवर्तनले पनि खस समुदायको सामाजिक एकता र पहिचानलाई समाप्त गर्न सकेन । बरु यसले आर्य संस्कृतिसँगको समायोजन गरी अझ अगाडि बढ्यो । यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि खस जातिले आफ्नो सांस्कृतिक र सामाजिक पहिचानलाई नयाँ परिस्थितिअनुसार निरन्तर परिष्कृत गर्दै आएको देखिन्छ ।
इतिहासको विभिन्न चरणमा आएको परिवर्तनको सामना गर्दै खस समुदायले आफ्नो अस्तित्वलाई जोगाएर मात्रै होइन, थप समृद्ध पनि बनाएको छ । यसको भाषा, संस्कृति, तथा सामाजिक संरचना आज पनि नेपाली समाजको महत्त्वपूर्ण अंशका रूपमा स्थापित भएको छ ।
कुनैपनि मानव समुदायको पहिचानको आधार त्यसको भाषा र संस्कृति हो । सांस्कृतिक विविधता रहेको नेपालमा खस जातिको पनि आफ्नै किसिमको संस्कृति छ । प्राग्ऐतिहासिक कालदेखि नै आफ्ने किसिमको पहिचान बनाएको यस जातिका बारेमा हिन्दु र बौद्ध धर्मग्रन्थहरूमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ । हिन्दु ग्रन्थहरूमा खस जातिलाई अनार्य अर्थात् बात्य भनी उल्लेख गरियो । चौधौं शताब्दीसम्म कायम रहेको खस राज्यको वैभव उत्कर्षमा रहेका बेला खस संस्कृतिको उच्चतम विकास भएको थियो । त्यतिखेर यो जाति खस भनेर चिनिन्थ्यो । बाहौ शताब्दीपछि हिन्दूहरूको सङ्गतमा परेर यो जातिले हिन्दु वर्ण व्यवस्था अपनायो । त्यसपछि यो जातिको पहिचान खस–आर्य भयो ।
खस भाषाको विकास, बौद्ध र हिन्दु धर्म मिश्रित संस्कारको विकास र कृषि तथा पशुपालनमा आधारित संस्कृतिको विकास खस–आर्य जातिका उपलब्धि हुन् । खस जातिले हिन्दु वर्ण व्यवस्था अपनाउनुभन्दा पहिलेसम्म यस जातिमा जात प्रथा थिएन, मानव समूह विभिन्न थरको रूपमा मात्र परिचित थियो । बाह्रौं शताब्दीपछि जब यो जातिले वर्ण व्यवस्था अपनायो त्यसपछि खस जाति ब्राह्मण, क्षत्री र शुद्र भनी विभिन्न जातमा विभाजित हुन गयो । यो जातिले विभिन्न चरणमा आफूलाई परिष्कृत गरी खस संस्कृतिमा आर्य संस्कृति घुलमिल गराइ खस–आर्य जातिको रूपमा विकसित गराएको हो । नेपालको एकीकरणपछि यसले विकास गरेको भाषा र संस्कृतिले नेपाली भाषा र संस्कृति भन्ने संज्ञा पाएको छ ।
अन्तत: खस जातिको विकासक्रमले के देखाउँछ भने कुनै पनि समुदायले समयअनुसार आफूलाई अनुकूल बनाउँदै लैजान सकेमा पहिचान कायम राख्नुका साथै नयाँ उपलब्धिहरू पनि हासिल गर्न सकिन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, सूर्यमणि. (२०५३). पश्चिम नेपालको खस अधिराज्य. काठमाडौं: एसियाली अनुसन्धान केन्द्र।
अधिकारी, सूर्यमणि. (२०५६). नेपाली भाषाको इतिहास. काठमाडौं: भुँडीपुराण प्रकाशन।
अधिकारी, सूर्यमणि. (२०७६). बाइसे राज्यको इतिहास. काठमाडौं: भुँडीपुराण प्रकाशन।
अधिकारी, विपिन. (२०६८). नेपालका खस जाति. विराटनगर: न्यू नेपाल सर्च सेन्टर।
खनाल, मोहनप्रसाद. (२०३०). मध्यकालीन अभिलेख. काठमाडौं: लेखक स्वयं।
खनाल, मोहनप्रसाद. (२०७५). नेपाली भाषाका हजार वर्ष (तेस्रो संस्करण). काठमाडौं: विद्यार्थी पुस्तक भण्डार।
देवकोटा, गृष्मबहादुर. (२०३६). नेपालको राजनैतिक दर्पण (दोस्रो भाग). काठमाडौं: अर्जुनबहादुर देवकोटा।
नेपाल ‘यात्री’, पूर्ण प्रकाश. (२०५३). नेपाली भाषाको ऐतिहासिक मीमांसा. काठमाडौं: एकता बुक्स।
पोखरेल, बालकृष्ण. (२०२५). नेपाली भाषा साहित्य. काठमाडौं: रत्न पुस्तक भण्डार।
पोखरेल, बालकृष्ण (सम्पा.). (२०५०). पाँच सय वर्ष. ललितपुर: साझा प्रकाशन।
पोखरेल, बालकृष्ण. (२०५५). खस जातिको इतिहास. विराटनगर: उदात्त अनुसन्धान अड्डी।
बानियाँ क्षत्री, कर्णबहादुर. (२०६२). बानियाँ वंशको नालीबेली. काठमाडौं: बानियाँ बन्धु सहयोग समिति।
बानियाँ क्षत्री, कर्णबहादुर. (२०७०). खस जाति र कुलपूजा. काठमाडौं: बानियाँ बन्धु समाज।
विष्ट, डोरबहादुर. (२०५५). सबै जातको फूलवारी. ललितपुर: साझा प्रकाशन।
यादव, योगेन्द्र प्रसाद, एण्ड रेग्मी, भीमनारायण. (२०६१). नेपालको भाषिक स्थिति. पज्ञा, १००, ७२–९५।
योगी, नरहरिनाथ. (२०१२). इतिहास प्रकाश, भाग एक र दुई काठमाडौं: इतिहास प्रकाश मण्डल।
शर्मा, गोपीनाथ. (२०५७). नेपालको शैक्षिक इतिहास. काठमाडौं: लुम्बिनी पुस्तक भण्डार।
श्रेष्ठ, टेकबहादुर. (२०५९). पर्वत राज्यको ऐतिहासिक रूपरेखा. काठमाडौं: नेपाल एसियाली अध्ययन केन्द्र।
Atkinson, E. T. (1974). Kumaon Hills. Delhi: Cosmo Publications.
Bista, D. B. (1967). People of Nepal. Kathmandu: Department of Publicity, HMG of Nepal.
Grierson, G. A. (1916). Linguistic Survey of India (Vol. 19, Part 4). Calcutta.
Hamilton, F. B. (1986). An Account of the Kingdom of Nepal (Reprint). New Delhi: Asian Educational Services.
Hodgson, B. H. (1972). Essays on the Language, Literature and Religion of Nepal and Tibet (Part 2). New
अघिल्लो भाग पढ्नुस्














