मंगलवार, १३ माघ, २०८२

म शिक्षक हुँ, मेरो गर्व यतिमै छ

आमाले भान्साबाट सोध्नुभयो, “आज पनि यत्रो किताब पल्टाउनु पर्याे छ? के थाक्दैनौ?” म मुस्कुराएँ, “थाक्छु नि, तर शिक्षकलाई त थाक्ने अधिकार कहाँ हुन्छ र?”

के हो महेश जी, तपाईंको त सजिलो पेशा हो, बिहान गएर बेलुकी फर्किने मात्र है !” म हाँसेर टाउको हल्लाउँदै भनेँ, “हो हो, सजिलो त देखिन्छ, तर भोग्नेले मात्र बुझ्छ नि मित्र।”

मस्त निन्द्रामा निदाएर सपना देख्दै थिएँ कुनै विद्यालयमा घुमिरहेको जुन कुनै स्वर्ग भन्दा कम थिएन। त्यहाँको वातावरण, त्यससँगै त्यहाँको शिक्षण क्रियाकलाप म अचम्म मान्दै नियाली रहेको थिएँ। काश! मेरो विद्यालय पनि यस्तै भइदिएको भए।

यतिकैमा मुसाको एक डरलाग्दो आवाज आयो। झस्याङ्ग हुँदै ब्युझिएँ, म त्यही सानो कोठाको सानो खाटमा सुतेको पाएँ। यसो मोबाईलमा घडी हेरेँ, बिहानको पाँच बजिसकेको थियो।

“आज फेरि उस्तै व्यस्त दिन हुनेछ,” मैले मनमनै सोचेँ।

बिस्तारै उठेर टेबलमा थुप्रिएका पाठ्यपुस्तक पल्टाएँ। आज विद्यालयमा विद्यार्थीलाई विज्ञानको ध्वनि पाठमा रमाइलो प्रयोग देखाउने योजना थियो। नेपालीमा एउटा कथा सुनाउने र सुन्ने पनि थियो। बिहानैदेखि मेरो दिमाग यही तयारीमा गढिसकेको थियो।

आमाले भान्साबाट सोध्नुभयो, “आज पनि यत्रो किताब पल्टाउनु पर्याे छ? के थाक्दैनौ?” म मुस्कुराएँ, “थाक्छु नि, तर शिक्षकलाई त थाक्ने अधिकार कहाँ हुन्छ र?”

झोलामा किताब, चक, मार्कर र शिक्षक निर्देशिका आदि राखेर विद्यालयतर्फ लागेँ। बाटोमा भेटिएका एक जना साथीले जिस्क्याए,

“के हो महेश जी, तपाईंको त सजिलो पेशा हो, बिहान गएर बेलुकी फर्किने मात्र है !” म हाँसेर टाउको हल्लाउँदै भनेँ, “हो हो, सजिलो त देखिन्छ, तर भोग्नेले मात्र बुझ्छ नि मित्र।”

विद्यालयको गेटभित्र छिरेलगत्तै सयौँ स्वर एकसाथ गुञ्जियो, “Good Morning Sir!”

यो आवाज सुन्ने बित्तिकै मेरो थकाइ हरायो। दिनभरि १०–१५ पटक यही शब्द सुन्ने, अनि मुस्कानसहित जवाफ दिनुपर्ने थियो।

कक्षामा प्रवेश गर्दा विद्यार्थीहरू उत्साहित थिए। मैले किताब खोलेर बोर्डमा लेख्न थालेँ। आधा घण्टा नबित्दै हातको औंला मार्करले कालो भयो, काँध दुख्न थाल्यो। तर म रोकिनँ। एक विद्यार्थीले मजाक गरे,

“सर, तपाईंको हात कति कालो है! आज तपाईंले हात नधोएर स्कुल आउनु भएछ। आज तपाईंलाई सजाय होला नि!”

सबै हाँस्न थाले। मलाई पनि हाँसो लाग्यो, तर मैले गम्भीर मुद्रामा भनेँ, “अब धेरै मजाक भयो, अब पढाइमा फर्किऔँ।” भित्रभित्रै भने म पनि रमाइरहेको थिएँ, “यी बच्चाहरू कति निष्कपट छन्!”

बिहानदेखि बेलुकीसम्म पाँच–छ घण्टा लगातार उभिँदा खुट्टा दुख्थ्यो। कहिलेकाहीँ त सुसु सम्म रोक्नु पर्थ्यो। “म शिक्षक हुँ, मेरो अनुपस्थितिमा कक्षा अव्यवस्थित हुन्छ, त्यसैले पर्खिनुपर्छ” भन्ने सोचले मलाई रोकिरहन्थ्यो।

दिनभर पढाउँदा न फोन चलाउन पाइन्छ, न व्यक्तिगत कुरा गर्न वा कुनै कुरा सोच्न। हप्तामा ८–१० वटा जन्मदिन celebrate गर्नुपर्ने। बच्चाहरूको हर्षमा म पनि सहभागी हुन्थेँ, तर कहिलेकाहीँ आफ्नै जन्मदिन घरमा मनाउन नपाएको सम्झिँदा मन भारी हुन्थ्यो।

बेलुकी घर फर्किँदा अझै काम बाँकी हुन्थ्यो, अभिभावकको फोन, सन्देश, आलोचना :
“मेरा छोराले किन राम्रो अंक ल्याएन ?”
“किन सजाय दिनुभयो ?”
“किन मेरो बच्चा फेल भयो ?”
“मेरो बच्चा जान्दैन, के पढाउनु भयो ?”
“यस्ता पनि मास्टर हुन्छन् ?”
“मेरो बच्चालाई बेस्सरी कुट्नु होला है सर, साह्रै बिग्रेको छ अचेल !”

यी प्रश्नहरूको जवाफ दिनु मलाई दैनिकी भइसकेको थियो।

एक दिन मैले कक्षाको उत्कृष्ट विद्यार्थीलाई पनि परीक्षामा असफल देखाएँ। नियम र न्यायअनुसार फेल गर्नु नै उचित थियो। तर घर फर्किएपछि रातभरि निद्रा लागेन।

“के म अलि नरम हुन सक्दिनथेँ?” मैले आफैंलाई प्रश्न गरेँ। तर तुरुन्तै मनले जवाफ दियो, “शिक्षक न्यायी हुनुपर्छ, माया भन्दा अनुशासन ठूलो हो ।”

मलाई थाहा थियो, जति मेहनत गरे पनि मेरो पदोन्नति (Promotion) कहिल्यै आउने छैन। मेरा साथीहरू सरकारी सेवामा देखेको थिएँ, वर्षमा पद बढ्दै जान्छ। तर शिक्षक भने उस्तै रहन्छ।

तर पनि मैले गुनासो गरेकै छैन, छैन पनि। “म पद खोज्न आएको होइन, म विद्यार्थीको जीवन बनाउन आएको हुँ,” म सोच्थेँ, सँगै भन्थेँ पनि।

कहिलेकाहीँ टाढा पुगेका पुराना विद्यार्थीहरू फर्केर आउनेछन्, “सर, तपाईंले पढाउनुभएको कारण आज म इन्जिनियर भएको छु।” “सर, तपाईंको प्रोत्साहनले म डाक्टर बनेँ।”

जब यी वाक्य सुन्छु, मेरो आँखा रसाउँछ। “साँच्चै, मेरो जिन्दगी Thankless जस्तो देखिए पनि, यी सफलताहरू नै मेरो असली पुरस्कार हुनेछन्,” म सोच्थेँ।

मलाई थाहा थियो, हरेक अभिभावक आफ्ना बच्चाका लागि उत्कृष्ट शिक्षक खोज्छन्। तर उत्कृष्ट शिक्षक बनाउन कहिल्यै चाहन्नन्, सँगै आफ्ना बच्चालाई उत्कृष्ट विद्यार्थी बनाउन खासै ध्यान पनि दिँदैनन्। यही विडम्बनाले मेरो मन कहिलेकाहीँ पोल्छ।

दिनहरू बित्दै जानेछन्, महिना र वर्षहरू पनि। यसै क्रममा हरेक वर्ष Parents Day, Valentine Day, Friendship Day, Mother’s Day जस्ता दिनहरू आउँछन्, यसलाई भव्य रुपमा पनि मनाउँछन्, जुन अरुले बनाई दिएका दिन हुन्। तर मलाई लाग्थ्यो, “यी सबै पछि बनेका कुरा हुन्।

तर Teacher’s Day त सदियौँदेखि चल्दै आएको एक वरदान हो, जुन अहिले सम्म चलिरहेको छ, तर यसको खासै महत्व दिँदैनन्। अहिले बनेको शिक्षा दिवस पनि त्यस्तै बनेको छ।”

म हरेक Teacher’s Day तथा शिक्षा दिवसको दिन बच्चाहरूलाई शुभकामना दिँदै भन्थेँ, “म गर्व गर्छु, किनकि म शिक्षक हुँ। म आफैंलाई जलाएर अरूलाई उज्यालो दिने दियो हुँ। म थाक्छु, पीडित हुन्छु, तर हरेक सफल व्यक्तिको यात्रामा मेरो चकको धुलो मिसिएको छ।

मेरो जीवन कुनै चम्किलो मञ्चमा नदेखिने संघर्ष हो। तर मेरा चकले लेखेका अक्षरहरू हजारौँ जीवनमा बत्ती बनेर बल्छन्।

मेरो मुस्कान, मेरा गाली, मेरा असफलता र मेरा आँसु सबै मिलेर भविष्य निर्माण गर्छन्। त्यसैले शिक्षक हुनु भनेको पेशा होइन, त्यो त जीवनभर निभाइरहनुपर्ने महान जिम्मेवारी हो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार