सोमबार, ९ भाद्र, २०८२

मेरो हातको कलम तिमीले दिएको उपहार हो

मानिसको जीवनमा शिक्षा अमूल्य धन हो। शिक्षा बिना मानव अपूरो रहन्छ। शिक्षाले व्यक्तिको जीवनमा ज्ञान, समझदारी, र नैतिकता प्रदान गर्छ। शिक्षाको मूल आधार भनेको “कलम” हो

कलम एक सानो वस्तु, तर असाधारण महत्व बोकेको चीज हो। कलमले शब्द लेख्छ, विचार बोल्छ, र भविष्य निर्माण गर्छ। जब म आज आफ्ना हातमा रहेको कलमलाई हेर्छु, म भावुक हुन्छु, किनभने यो कलम केवल लेख्ने औजार मात्र होइन, यो तिमीले दिएको अमूल्य उपहार हो। यसमा तिम्रो माया, सम्झना, र प्रेरणा मिसिएको छ।

तिमीले दिएको त्यो सानो उपहारले मेरो जीवनमा ठूलो स्थान बनाएको छ। जब-जब म पढ्न बस्छु, लेख्न लाग्छु, त्यो कलम मेरो साथमा हुन्छ। लेख्दा-लेख्दा म तिमीलाई सम्झिन्छु, तिमीले दिएको हौसला सम्झिन्छु, र अझ मेहनत गर्न प्रेरित हुन्छु।

यो कलम मेरो लागि सफलताको साँचो हो। किनभने तिमीले उपहार दिँदा भनेका थियौ, “यो कलमले तिमी आफ्नो भविष्य लेख्नेछौ।” तिम्रो ती शब्दहरू अझै मेरो मनमा गुञ्जिन्छन्।

त्यसैले यो कलम मेरो लागि केवल वस्तु होइन, तिमीले दिएको विश्वासको प्रतीक हो। कहिलेकाहीँ जीवनमा निराशा आउँछ, असफलता लाग्छ, तर त्यो बेला म यही कलम समाएर तिमीलाई सम्झन्छु, र फेरि उठेर अगाडि बढ्छु। यो कलम मेरो यात्राको साथी हो, जसले मलाई कहिल्यै एक्लो बनाएको छैन।

म यस निबन्धमार्फत भन्न चाहन्छु, मेरो हातको कलम तिम्रो उपहार हो, जसले मलाई लेख्न सिकायो, सपना देख्न सिकायो, र त्यो सपना पूरा गर्न हिम्मत दियो। म सधैं यसलाई सम्मानका साथ प्रयोग गर्छु, किनभने यो केवल कलम होइन, तिमीले दिएको अमूल्य साथ हो।

मानिसको जीवनमा शिक्षा अमूल्य धन हो। शिक्षा बिना मानव अपूरो रहन्छ। शिक्षाले व्यक्तिको जीवनमा ज्ञान, समझदारी, र नैतिकता प्रदान गर्छ। शिक्षाको मूल आधार भनेको “कलम” हो। कलम शिक्षाको मेरुदण्ड मात्र नभई शिक्षित व्यक्तिको पहिचान पनि हो। यसैले भनिन्छ, शिक्षित व्यक्तिको लागि सबैभन्दा अमूल्य कुरा कलम हो।

कलम कुनै साधारण वस्तु होइन। यो ज्ञानको माध्यम हो। कलमले इतिहास रच्न सक्छ, क्रान्ति ल्याउन सक्छ, समाज परिवर्तन गर्न सक्छ। शिक्षक, लेखक, पत्रकार, न्यायाधीश, वैज्ञानिक, र विद्यार्थी सबैको हातमा कलम हुन्छ। उनीहरूले कलमको माध्यमबाट विचार, सूचना, अनुसन्धान, न्याय र शिक्षा प्रवाह गर्छन्।

एउटा कलमले लेखिएको शब्दले हजारौँ मानिसलाई प्रभावित पार्न सक्छ। शास्त्रले युद्ध जित्न सकिएको छ, तर कलमले मन जित्न सकिन्छ। शास्त्रले भय सिर्जना गर्छ, तर कलमले चेतना दिन्छ। कलमबाट निस्केको ज्ञानले देश विकासको बाटो देखाउँछ। यसैले शिक्षित व्यक्ति सधैं कलमको सम्मान गर्छ। शिक्षित मानिसको असली शक्ति उनको सोच र लेखन हो, जुन कलमबाट व्यक्त हुन्छ।

कलमले केवल अक्षर मात्र लेख्दैन, यसले भावना, विचार, र संस्कृतिको संरक्षण गर्छ। कलममार्फत शिक्षाले पुस्ता दर पुस्तासम्म ज्ञान पुर्‍याउँछ। आज हामी जुन किताब पढ्छौं, त्यो कसैको कलमको देन हो। हाम्रा संविधान, कानूनी व्यवस्था, नीति, योजना सबै कलमको प्रतिफल हुन्।

अन्त्यमा, कलम शिक्षाको प्रतीक हो। शिक्षित व्यक्तिको हातमा कलम हुनु भनेको परिवर्तनको स्रोत हुनु हो। कलमको प्रयोग सही दिशामा भयो भने समाज उज्यालो बन्न सक्छ। त्यसैले भनिन्छ, शिक्षित व्यक्तिको लागि सबैभन्दा अमूल्य कुरा कलम हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार