तपाईंहरु सबैलाई लागेको होला हाम्रो सामु आमा रहनु भएन, दिदी रहनु भएर, बज्यु रहनु भएन, फूपू रहनु भएन त्यसैगरी छिमेकी नातेदार रहनु भएन भन्ने पक्कै लागेको होला। वास्तमा त्यो आंशिक सत्य मात्र हो।
आज भन्दा ७९ वर्ष पहिले यस पृथ्वीमा मान्छेको रुपमा मेरो जन्म भएको थियो। एउटा मानवले शिशु अवस्था देखि वृद्ध अवस्थाका सबै चरणहरुलाई मानवीय हिसाबले अनुभव गर्ने अवसर मैले पाएकी थिएँ र साथै एउटा मानिसले भौतिक जीवनलाई जिवित पार्न विभिन्न मानवीय अभ्यासहरु गर्दै मानवका अन्य आयमसँग जोडिएर विभिन्न गतिविधि र क्रियाकलापमा सहभागी हुँदै धेरै कुराहरु सिक्ने अवसर यहि मानव जीवन भित्र मैले पाएको थिएँ।
अन्ततः जन्म देखि मृत्यु सम्मका सबै चरणलाई मैले जे बुझेँ र जसरी बुझे त्यही कुरा मेरो मनमा खेलिरहेका छन्। मानव जीवन के रहेछ? हामी यस पृथ्वीमा किन आएका रहेछौँ? हामीले के गर्नु पर्दो रहेछ? मैले यस पृथ्वीमा रहेर ७९ वर्षको अनुभव र अनुभूति जस्ताको त्यस्तै मेरो छोरा छोरी, नाति नातिनी, भाइ बुहारी, दाजु भाइ, काका काकी, मामा माइजू लगायत इष्टमित्र, आफन्त नातेदार एवम् संम्बन्धित सबै मानव जातिकै लागि भनेर जीवन अनुभुति साट्दै छु।
मेरो यो भोगाइले तपाईंहरु सम्पूर्णलाई अगाडिको जीवन जिउन थप प्रेरित र हौसला प्रदान होस् भन्ने अपेक्षाका साथ तपाईंहरु भन्दा निकै फरक अवस्था र स्थानबाट भनिरहेकी छु। अनि हेरि पनि रहेकी छु।
पहिलो कुरा मलाई यस पृथ्वीमा रहँदा हरेक दिन केही नयाँ गरिरहने र शारीरिक, मानसिक एवम् भावनात्मक रुपमा प्रत्येक दिन बलियो हुँदै जानू पर्ने रहेछ। जुन दिन उल्लेखित तीन पक्षमा जीवन कमजोर हुन्छ सोही दिनबाट जीवन निरश लाग्ने रहेछ। त्यसैले तपाईं सम्पूर्णलाई मेरो आग्रह के छ भने जीवनलाई हरेक सेकेन्ड सक्रीय बनाउन कोसिस गर्नुहोस् ताकी जीवनका हरेक आयमहरु अझ बढी तन्किएर सशक्त हुन सक्रिय संचालनबाट मात्र जीवनले सकारात्मक उर्जाका पावस।
दोर्स्रो कुरा मानव जीवनमा हरेक पल केही नयाँ घटना घटिरहेको हुन्छ। अर्थात परिवर्तन भैरहेको हुन्छ। उक्त परिवर्तनलाई देख्न जान्न तथा बुज्न सक्नु पर्दो रहेछ। यहि कुरा बुज्दा जीवन अपेक्षित हुन्छ। होइन भने सधै उल्टो भैरहन्छ तसर्थ हरेक पल्ट जीवन परिवर्तित आयमलाई हेर्न सक्न्ने क्षमताको विकास गर्नु पर्छ। त्यो क्षमता मानवीय संवेदनशीलताबाट मात्र विकास हुन्छ। त्यसैले संवेदनशीलताको स्तर बढाउन अति अनिवार्य रहेछ भन्ने कुरा जीवनको अन्त्तिम घडीमा मात्र बोध भयो। जुन बोध हुनुपर्ने थियो, त्यो बोध समयमा होस भन्नको लागि पनि मैले यो जानकारी निकै टाढाबाट अवगत गराउने प्रयास गरेकी छु।
तेस्रो कुरा मेरो जीवनमा खड्किएको विषय भनेको सकारात्मक कुराको थालनीमा कहिले ढिला नगर्नु अर्थात राम्रो कुराको लागि साइत पर्खेर नबस्नु। हरेक राम्रो कुराको थालनी तल्काल गर्ने बानीको विकास गर्नु पर्छ। किनकि हरेक कार्य आज नगर्दा भोलिको लागि सर्छ र त्यो भोलि भन्दा भन्दै मृत्यु आइपुग्ने रहेछ। त्यसैले तपाईं सम्पूर्णलाई खुलेर भन्छु जीवनको ठूलो भोगाई भनेको राम्रो कार्य उचित समयमा गर्न नसक्नु हो। जसले कार्यक्षमता कमजोर बनाउने रहेछ। त्यसैले जीवनको अन्तिम पलमा पछुताउनु भन्दा हरेक सबल कार्य शीघ्र गर्ने प्रयास गर्नु नै मानव जीवनको अर्को महत्त्वपूर्ण रहस्य रहेछ।
चौथो कुरा जीवनको अन्तिम लक्ष भनेको बढो सन्तुष्टिका साथ मुस्कुराउनु सक्नु हो अर्थात सुखि हुन सक्नु हो। सुख प्राप्तिकै लागि भनेर जीवनलाई संघर्षपूर्ण बनाउँदै लगियो भने सुख बाहिरी दुनिया कतैबाट नपाइने रहेछ। यही कुराको अवगत हुन जीवनको अन्तिम घडी कुर्नुपर्यो। बाहिरी दुनिका लागि जीवनमा संघर्ष अनीवार्य छ। तर सुखको लागि आफू को हुँ? यस धर्तिमा आफू किन आएको भन्ने र मैले गर्नु पर्ने मानव कर्तव्य के हो? जस्ता प्रश्न हरेक पटक दोर्याइरहँदा एउटा रहस्यको उद्घाटन हुन्छ। सोही रहस्यको रस नै सुखको आधार रहेछ। त्यसैले मेरा सम्पूर्ण आफन्त नातेदार इष्टमित्र छरछिमेक एवम् संम्पूर्ण मानव जातीलाई मेरो आग्रह के छ भने जीवनको दुइटा धारलाई बुझ्न अति अनिवार्य रहेछ।
एउटा बाहिरी दुनियाँ अनि अर्को भित्री दुनियाँ। बाहिरी दुनिया भौतिकता प्राप्तिको खोजमा हुन्छ भने भित्री दुनिया सुख शान्त आनन्दको खोजमा हुन्छ। त्यसैले बाहिरी प्राप्ति भएर पनि तृप्ती नहुन सक्छ। आर्थात् धन सम्पती प्रशस्त भएर पनि जीवनको मिठास नहुन सक्छ अर्थात् हुँदैन पनि। त्यसैले भित्री रुपमा आनन्दित र बाहिरी रुपमा सम्पन्न हुन अवश्य आवश्यक छ। त्यसका लागि दुबै बाहिरी र भित्रि संसारलाई बुज्दै सन्तुलित बनाउन सकेमा जीवन सार्थक हुने रहेछ। होइन भने जति गरे पनि निरश मात्र भेटिन्छ।
अन्तिम तथा पाचौं सन्देश, मानव जीवन एउटा परिवर्तनको अवस्था रहेछ। हामी बच्चा हुँदै वृद्ध हुन्छौँ। तर वृद्ध हुँदा बच्चा जस्तो शारीरिक र अन्य अवस्था हुँदैन। तर पनि बच्चा देखि वृद्धसम्म परिवर्तन भएकै हुन्छ। यो जीवनको अनिवार्यता हो। मेरा प्यारा छोराछोरी नातिनातिना, भाइ बुहारी, भतिजा भतिजी, नन्दा भाउजू, दाजुभाइ आफन्त लगायत सम्पूर्ण मानव जातिलाई मेरो सन्देश अथवा मेरो रुपान्तरण जानकारी गराउँछु।
तपाईंहरु सबैलाई लागेको होला हाम्रो सामु आमा रहनु भएन, दिदी रहनु भएर, बज्यु रहनु भएन, फूपू रहनु भएन त्यसैगरी छिमेकी नातेदार रहनु भएन भन्ने पक्कै लागेको होला। वास्तमा त्यो आंशिक सत्य मात्र हो। तपाईं हामी मानव प्राणका रुपमा रहँदा यो कुराको हेक्का कसैलाई हुँदैन। तर अन्तिम मृत्युको क्षणमा म भित्रको उर्जा भनौं वा शक्ति अर्को कुनै उर्जा भनौं शक्तिमा स्थान्तरण हुने रहेछ। सोही स्थान्तरण प्रकृया हुँदै म नयाँ अवस्थामा रुपान्तरण भएको जानकारी तपाईं सबैलाई गराउँछु। वास्तमा मानव मृत्यु अर्को जीवनको सुरुवाती रहेछ। यहि जानकारी दिन र केही मानव जीवनको आदर्शलाई पुन: सम्झाउन म तपाईंहरु भन्दा निकै टाढा स्थापित भएकी छु।
तपाईंहरुले मलाई पहिचान गर्न नसके पनि मैले भने विभिन्न तौरतरिकाबाट देख्ने, बुझ्ने गतिविधि फरक स्थान र स्तरबाट गरिरहेकी छु। त्यसैले मेरो मृत्युको घटनाले कसैलाई दुखी नहुन आग्रह गर्दछु। म मात्र मानवीय प्राणबाट अर्को प्राणमा रुपान्तरण भएको र मृत्यु नभएको पुन:स्मरण गराउन चाहन्छु। जसरी मोबाईलमा चार्ज हुँदा चल्ने टिक्ने हुन्छ, जब मोबाईलमा चार्ज सकिन्छ तब मोबाइल सटडाउन हुन्छ। हो त्यसैगरी मानव जीवनको चार्ज भनौं वा करेन्ट अर्को मोबाइलमा सार्न सकिएजस्तै, जब करेन्ट सारिन्छ वा करेन्ट दिइन्छ, करेन्ट पाउने मोबाइल चलायमान हुन्छ र नपाउने मोबाइल स्थिर हुन्छ। सोही अनुरुपले म अर्को जीवनको लागि चार्ज भैसेको कुनै अर्को ठाउँमा, भन्ने कुराको जानकारी सार्वजनिक गर्छु।
तपाईंहरु सम्पूर्ण उल्लेखित मेरो मानव जीवनमा हुँदाको भोगाइलाई साँट्दै, फेरि हाम्रो भेट कुनै फरक स्वरुपमा, फरक स्थामा हुने संकेत गर्दै म यहाँ त्यस पृथ्वीबाट, मानव प्राणबाट बिदा लिएर आएकी छु। धन्यवाद।
माया चौलागाईं
गुठिचौर गाउँपालिका -५ देपालगाँउ जुम्ला।
कर्णाली प्रदेश नेपाल
मिति: २०८१ साल पौष महिन २० गते दिउसो ४:३४ बजे।