सोमबार, २ असार, २०८२

एचएमपीभी भाइरस र यसबाट बच्ने उपाय

एचएमपीभी भाइरस सन् २००१ मा नेदरल्याण्डका वैज्ञानिकहरूले पहिलो पटक बच्चाहरूको समूहमा पत्ता लगाएका थिए। चिनियाँ अधिकारीहरूले सन् २०२३ मा यस भाइरसबारे चेतावनी जारी गरेका थिए। जाडो मौसममा केसहरू बढ्न सक्ने आशंकाका कारण यो भाइरस थप चासोको विषय बनिरहेको छ।

चीनमा हालै फैलिएको संक्रमणले चर्चा बटुलिरहेको ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) हो। यो भाइरसका कारण देखिएका रुघाखोकीजस्ता लक्षणले जनचासो बढाएको छ। एचएमपीभी भाइरसले प्रायः रुघाखोकी जस्तै लक्षण निम्त्याउँछ, तर केही व्यक्तिमा यो गम्भीर संक्रमणमा परिणत हुन सक्छ।

वैज्ञानिकहरूका अनुसार, बच्चाहरूमा हुने श्वासप्रश्वाससम्बन्धी रोगमध्ये १० प्रतिशतदेखि १२ प्रतिशतसम्म एचएमपीभी भाइरसका कारण हुने गर्दछ। अधिकांश केस हल्का खालका हुन्छन्, तर करिब ५ प्रतिशतदेखि १६ प्रतिशत बच्चाहरूमा निमोनियाजस्ता तल्लो श्वासप्रश्वास पथको संक्रमण देखिन्छ।

यो भाइरसले प्रायः बालबालिकालाई प्रभावित गर्छ। साथै, वृद्धवृद्धा, दीर्घरोग भएका व्यक्तिहरू र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई पनि यो भाइरसले गम्भीर रूपमा असर गर्न सक्छ।

एचएमपीभी भाइरस सन् २००१ मा नेदरल्याण्डका वैज्ञानिकहरूले पहिलो पटक बच्चाहरूको समूहमा पत्ता लगाएका थिए। चिनियाँ अधिकारीहरूले सन् २०२३ मा यस भाइरसबारे चेतावनी जारी गरेका थिए। जाडो मौसममा केसहरू बढ्न सक्ने आशंकाका कारण यो भाइरस थप चासोको विषय बनिरहेको छ।

सामान्यतया, यो भाइरसले चिसो वा फ्लूजस्तै लक्षणहरू निम्त्याउँछ। तर दुर्लभ अवस्थामा, यसले गम्भीर संक्रमण गराउन सक्छ। यद्यपि, एचएमपीभी भाइरसले अर्को महामारी निम्त्याउने सम्भावना भने न्यून देखिएको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) का अनुसार, भारतमा एचएमपीभी भाइरसका सात केस पुष्टि भइसकेका छन्। नागपुरमा र बेंगलोरुमा दुई दुई केस रिपोर्ट गरिएका छन् भने अहमदाबाद, चेन्नई, र सलेममा एक-एक केस पुष्टि भएको छ।

संक्रमितहरूमा तीन महिनाकी बालिका र आठ महिनाको बालक पनि छन्, जसमा एचएमपीभीसँगै रेस्पिरेटरी सिन्सिटियल भाइरसको संक्रमण पनि देखिएको थियो। यी तथ्यहरूले नेपालमा पनि यो भाइरस फैलिन सक्ने सम्भावना रहेको देखाउँछ।

नेपालका लागि भने एचएमपीभी नयाँ भाइरस होइन। सन् २०११ देखि २०१४ सम्म नेपालका ग्रामीण क्षेत्रमा गरिएको अध्ययनले यो भाइरसले श्वासप्रश्वाससम्बन्धी संक्रमण गराउने पुष्टि गरेको थियो। सन् २०२१ मा नेसनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशित गरेको अध्ययनले पनि भारत, बंगलादेश र युकेजस्ता देशमा यस भाइरसको व्यापक संक्रमण भएको देखाएको थियो।

एचएमपीभी भाइरस संक्रमित व्यक्तिको खोक्दा, हाच्छ्युँ गर्दा वा छुँदा अर्को व्यक्तिमा फैलिन्छ। यस भाइरसको इन्क्युबेशन अवधि ३ देखि ५ दिनको हुन्छ। संक्रमित व्यक्तिको छुँदा अथवा उनीहरूले छोएका वस्तु वा सतह छुँदा र त्यसपछि अनुहारमा हात लगाउँदा पनि संक्रमण हुन सक्छ। यो भाइरस चिसो मौसममा बढी फैलिन्छ, जब मानिसहरू घरभित्र समय बिताउँछन्।

एचएमपीभी भाइरस मुख्यतः सासप्रश्वास प्रणालीमा असर गर्छ। हल्कादेखि गम्भीरसम्मका लक्षणहरू देखिन सक्छन्, जस्तै: ज्वरो, नाक बग्ने, खोकी, घाँटी खसखसाउने, टाउको दुख्ने, थकान आदि। गम्भीर अवस्थाहरूमा निमोनिया, छाती दुख्ने, श्वासप्रश्वासको समस्या, ह्विलजस्तो आवाज आउनुजस्ता लक्षण देखा पर्छन्।

यस भाइरसको कुनै विशिष्ट खोप वा उपचार छैन। तर, रोकथामका उपायहरूले संक्रमणबाट बच्न सकिन्छ। सावधानीका उपायहरूमा नियमित रूपमा साबुनपानीले हात धुनु, भीडभाडबाट टाढा रहनु, बिरामीसँग सम्पर्क नगर्नु, सतह र सामाग्री सफा राख्नु, पोषिलो खाना खाने, पर्याप्त सुत्ने, र व्यायाम गर्ने बानी बसाल्नुपर्छ।

गम्भीर लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ। समयमै सजगता अपनाएर र स्वास्थ्य मापदण्ड पालना गरेर एचएमपीभी भाइरसको जोखिमलाई कम गर्न सकिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार