धार्मिक महत्त्वका अतिरिक्त प्राकृतिक दृष्टिकोणले पनि स्वर्गद्वारी मन्दिर परिसर उत्तिकै सुन्दर तथा मनोरम छ।
नेपालका प्राचीन मन्दिर मध्येको एक हो प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिर। स्वर्ग जाने द्वार अथवा ढोकाको रूपमा यस ठाउँको नाम स्वर्गद्वारी रहन गएको हो।
यसका पछाडि पाँच पाण्डव स्वर्ग जाने क्रममा अन्तिममा सोहि बाटो प्रयोग गरेको किंवदन्ती रहँदै आएको छ।
जिल्ला सदरमुकामबाट करिब २६ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको वर्षैभरि आवतजावत हुने गर्दछ।
विशेष गरी वैशाख पूर्णिमा तथा गाइतिहार औंशीका दिन भक्तजनहरूको घुइँचो लाग्छ। वेद पाठशाला तथा यज्ञकुण्ड यहाँका मुख्य आकर्षण हुन्।
धार्मिक महत्त्वका अतिरिक्त प्राकृतिक दृष्टिकोणले पनि स्वर्गद्वारी मन्दिर परिसर उत्तिकै सुन्दर तथा मनोरम छ।
वैदिक संस्कारका अनुयायीहरूका लागि स्वर्गद्वारी उत्कृष्ट तिर्थस्थल हो भन्दा फरक नपर्ला।