शुक्रबार, २९ फाल्गुन, २०८२

जे भोग्यो त्यही जीवन

यदि मेरो सम्झने क्षमता ठिक छ भने आज भन्दा दुइ दशक अघि हुनुपर्छ, सामाजिक विषयका शिक्षकले, ‘जीवन भनेको के हो? भोली सबैले लेखेर आउनु। त्यही नै भोलिको लागि होमवर्क भयो’ भन्नु भएको। सायद, खाने घुम्ने खेल्ने आदि-आदि होमवर्क रुपमा लेखेर शिक्षकलाई जीनव बताएको थिएँ।

त्यो पनि अक्षरमा आज सम्झना निकै आइरहेको छ। त्यो पनि एउटा जीवन थियो। जे कुरा मैले भनेको थिएँ अर्थात् लेखेको थिएँ। शिक्षकसामु सबै आजको सन्दर्भमा तालमेल नहुन सक्छ तर पनि त्यो जीवनको इकाई थियो।

समय, स्थान र व्यक्ति अनुसार जीवनको परिभाषा र अनुभव फरक फरक हुने गर्दछ सोहि हिसाबले आजसम्म आउँदा दशकअघिको मेरो भोगाई पनि फरक भएको छ।

एउटा भर्खदै हुर्कँदै गरेको बालकको आँखाबाट हेर्दा मामाघर जाने, मिठो खाने, राम्रो लगाउने र साथीसँग आनन्दले खेल्नु नै सबथोक हुनसक्छ। त्यहि नै जीवन ठान्छ। त्यसैगरी वयस्क युवाको लागि आवश्कता र क्षमता अनुसार इच्छाएको कामगर्नु एउटा आधुनिक सभ्य र मर्यादित जीवन ज्युन पाउनु हो भन्न सक्छ।

त्यो पनि व्यक्तिपिच्छे फरक अनुभव हुन सक्छ, कसैले श्रमलाई जीवन मानेको हुन सक्छ, त कसैले मनोरन्जन, कसैले कला साहित्य आविष्कार अनेक अनेक हुन सक्छ।

त्यसैले व्यक्तिको सोच व्यवहार र जीवनशैली अनुसार जीवनको परिभाषा फरक पर्दो रहेछ। एउटा व्यक्तिको भोगाई अर्को व्यक्तिको भोगाइबीच एकता नहुन सक्छ।

खेलाडीले खेल नै सबथोक मानेको हुन्छ। कलाकारले कला। त्यसैगरी आध्यामिक धर्मगुरुले जीवन मोक्ष प्राप्तिको लागि हो भनेर बुझेको हुन्छ भने एउटा जागिरेले जागिर नै जीवनको मुलमार्ग हो भनेर बुझेको हुन्छ।

त्यसैगरी व्यवसायीको दृष्टिमा धन नै जीवन हो भने राजनेताले पावर र पद नै जीवनको मुख्य आधार हो अर्थात् जीवन हो।

ग्रामिण भेगमा रहेका शहरी र शहरी भेगमा रहेका विकशित शहर र राजधानी, एवं तवरले स्वदेशमा रहने विदेश जाँदा बस्दा जीवन सार्थक रहने, यहि नै जिवन हो भन्ने सोचेका हुन सक्छन्।

भागदौड चलिरको सन्दर्भमा उक्त अवस्था प्राप्ति हुँदा जीवनले पूर्णता पाएको होइन भने, जीवन नमिठो हुने विश्वाश गडेको हुन्छ।

स्थान अनुसार जीवन परिभाषा फरक हुँदो रहेछ। कुनैलाई गाउँमा सामान्य जीवन जिउन पाउनु सफल जीवन जस्तो लाग्छ भने कसैलाई आधुनिक शहरमा। यसैबाट स्पष्ट हुन्छ जीवन के हो भन्ने कुरा।

आजभन्दा दस, बीस वर्ष अगाडि स्थाई सरकारी जागिरे हुने व्यक्तिको सम्मान र सत्कार आजसम्म आउँदा फरक छ। आज जोसँग बढी धन, दौलत छ उसैको बढी सामाजिक प्रतिष्ठा भएको पाइन्छ। तर यहि प्रवृत्ति भोलि रही रहन्छ भन्ने चाहिँ छैन। आजभोलिका मानिसमा धन कमाउनु नै जीवन हो। जसरी दशक अघि स्थाई जागिर हुनु नै जिवन हो भन्नेविश्वास थियो।

यस दृष्टान्तबाट के बुझ्न सकिन्छ भने, समय अनुसार जीवन दर्शन पनि फरक पर्ने रहेछ। जसरी मेरो विद्यालय तहमा खानु, खेल्नु जीवन हो भनि शिक्षकलाई होमवर्क बुझाउँदाको बुझाइ आज आउँदाको बुझाई फरक छ। त्यसैले समयसापेक्ष जीवन बुझाईमा निकै फरक पाइने रहेछ।

विषेशत तीन विषयमा रहेर जीवनको अनुभव र अर्थ फरक हुने रहेछन्। व्यक्ति, समय र स्थान साथै अन्य विषयले समेत जीवनलाई अवश्य फरक प्रभाव पार्दछन् भन्ने चर्चा भयो।

यदि हामीले जीवनलाई निश्चित दुई चार कुरामा सिमित गरि हेर्‍यौं र बुझ्यौं भने, हामी जीवनको कुनै मोडमा दुर्घटना पर्ने पक्का हुन सक्छ। जीवनमा धन सम्पति सबथोक पाएकाहरु आनन्दको अनुभव गरेका छन् त?

त्यसैगरी परिवार र आफन्त भनेर बसेका मानिस के आर्थिक रुपमा सम्पन्न छन् त? के सामाजिक रुपमा प्रतिष्ठा कमाएका मानिस शारीरिक र मानसिका रुपमा स्वास्थ छन् त?

शारीरिक तथा मानसिकार तन्दुरुस्त र आर्थिक रुपमा सक्षम मानिस कतिको आत्म सन्तुष्ट छन्? हामी जे गरौं, जता जाउँ, शहर अथवा विदेश।

पारिवारिक सम्बन्ध सन्तुलन राखी सामाजिक रुपमा सद्भाव कायम राख्दै स्वास्थ शरीको ख्याल राखी सन्तुलित आर्थिक विकास गरि परम आत्मसन्तुष्ट हुन सक्नु नै जीवन हो। यदि यी मध्ये एक पक्ष कमजोर हुँदा कुनै न कुनै रुपले हामी असन्तुष्ठ हुन सक्छौं।

जीवज आनन्द, सुखद अनुभूति कमजोर हुन सक्छ। कम्तिमा पनि माथि चर्चामा आएका पाँच जीवनका आयमलाई समायोजन गर्दै आगाडि बड्न सकेमा वास्तवमा त्यो मानिस सफल सक्षम र सबैको प्रिय अनि खुसी मानिस हुन पुग्छ।

होइन भने हरेको वस्तु, अवस्था प्राप्त हुँदा समेत एक्लो असन्तुष्टि अनि असक्षम मानिस घाेषित हुन जान्छ। तसर्थ तेरो, मेरो आफ्नो, पराई भन्दा पनि सबैसँग हातेमालो गर्दै सबै व्यक्ति तथा कर्मलाई सम्मान र समर्थन गर्दै आफूभित्रको अहंकारको दम्बतालाई हटाइ म मात्र हुँ भन्नू भन्दा, हामी सबै आ- आफ्नो ठाउँमा आ- आफ्नो औचित्य र अर्थ हुन्छ।

जीवनमा एउटा वस्तु तथा अवस्था प्राप्तिका लागि अर्को वस्तुलाई अस्विकार एवं घृणा ध्ययले हेर्नू भन्दा, जीवन एउटा गोलघेरा हो जहाँ सबै प्रकारका मानिसहरू हुन्छन् र सबैले त्यो गोलघेरालाई घुम्नै पर्छ। यदि हामीमा चहाना नभए पनि।

सोहि घुम्ने क्रममा हामीलाई परिवार, समाजिक सम्बन्ध, आर्थिक अवस्था, स्वस्थ्य शरीर र सन्तुष्टि मनको सन्तुलनको खाँचो पर्दछ। सोही हिसाबले एउटा पक्ष माथि पार्ने दौडमा अर्को पक्ष तल छुट्ने कुरालाई हेक्का गर्दै सन्तुलनको बहुआयम नै जीवन हो भनी बुझ्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार